सिरहा । सिरहामा हाल सम्म १ हजार १ सय २८ जनाको स्वाब संकलन गरिएको छ ।
जेष्ठ १४ गते बुधवार सम्ममा कुल ७८७ जनाको पिसिआर परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ । ३४१ जनाको परिक्षण रिर्पोट अझै आउन बाँकी रहेको छ ।
सिरहा जिल्लाको १७ स्थानियतहको २४ क्वारेन्टाइनमा ७७९ जनाको रिर्पोट निगेटिभ आएको छ भने ८ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी गराउनु भएको छ ।
सिरहा जिल्लामा संस्थागत क्वारेन्टाइन बस्नेको संख्या १ हजार ४ सय ९१ पुगेका छन । होम क्वारेन्टाइनमा २ जना र आईसोलेसनमा १० जना रहेका छन ।
हाल सम्म अरडिटी किटबाट ६ सय ८६ जनाको परिक्षण गरिएको छ । जस मध्ये ६ सय ८२ निगेटिभ र ४ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।
सुखिपुर नगरपालिका वडा नं. ४ का ४० वर्षिय मृतक महिला तेतरी देवी मोची र उनको परिवार सदस्यहरुको पिसिआर परिक्षण रिर्पोट निगेटिभ आएको छ ।
सिरहा हाल सम्म कोरोना भाइरस पुष्टी भएको कुल संख्या ८ जना रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved