धनुषाको जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

  • जेठ १६, २०७७ | २२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनाको ज्यान गएको एक दिन नवित्दै स्थानीय प्रशासनले सिमानाकाबाट आवतजावत पूर्णरुपमा बन्द गरेको छ । भारतबाट नेपालीहरुलाई भित्रिनका लागि खुल्ला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबार देखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

नेपाल–भारत सिमावर्ती क्षेत्र नाका हुदैँ नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखेपनि धनुषाको नाकाहरु बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले जानकारी दिए ।

भारतबाट नेपाल भित्रिने नेपालीहरुको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टाइनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका संचालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । तर कहिले सिमानाका खोलिने बारे उनले बताउन चाहेनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखेरलले संघिय सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पारेको छ । सिमानाका बन्द भएपछि अब धनुषावासीहरुले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् ।

बुधबार भारतबाट नेपाल भित्रिएका धनुषाका विरेन्द्र गोरमैता यादवको जटही नाकामै भोककै कारण मृत्यू भएपछि नाकामा घर जान प्रतिक्षारत्त सैयकडौँ यूवकहरुले प्रदर्शन गरेको थियो ।

सिमानाका बन्द हुदाँ धनुषा आउने नेपाली नागरिकलाई अब निकै सास्ती खेप्नु पर्ने हुन्छ ।

यता भोक र ओत लाग्ने समेत व्यवस्था नभएकै कारण नेपाली नाकामै मर्नुपर्ने बाध्यता रहेको निष्कर्ष निकाल्दै स्थानीयवासी राजु चौधरीले जटही नाकामा भोजन, नास्ता र टेन्टको व्यवस्था मिलाएर सिमानाकाबाट भित्रिएका नेपालीलाई व्यवस्थितरुपमा भोजन गराउन सुरु गरेको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब