अब कोरोनाको उपचार घरमै गर्ने सरकारको तयारी

  • जेठ १८, २०७७ | ३०७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोभिड-१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ ।

तर, शनिबारसम्म नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ। अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

संक्रमितमध्ये दुई सय १९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् । कोभिड अस्पतालमा अब चार ४८ जना संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ ।

सरकारले केही अस्थायी क्लिनिकमा करिब चार सय संक्रमित राख्न सकिने जनाएको छ । तर, संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन ।

‘नेपालमा करिब १५ सयसम्म संक्रमित हुने अनुमानका आधारमा तयारी गरिएकोमा संक्रमण तीव्र गतिमा फैलिएकाले अब उपचारको व्यवस्था नै परितर्वन गर्नुपर्ने अवस्था आएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ  । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ ।

‘स्वास्थ्य सामान्य भएका अथवा लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा लगेर उपचार गराउन सम्भव देखिएन । अब संक्रमितलाई पनि स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर सेवा दिने भएको हो,’ मन्त्रालयका प्रवक्ता डा.देवकोटाले भने, ‘यो विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन ।’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड अस्पताललाई पनि तीन समूहमा वर्गीकरण गरिनेछ । मृत्युसँग लडिरहेका अन्तिम अवस्थाका बिरामी, गम्भीर बिरामी र सामान्य बिरामीलाई अलग–अलग समूहमा राखिनेछ ।

कोभिड संक्रमितको संख्या धेरै देखिएका र मृत्युको संख्या बढी भएका देशमा पनि यही सूत्रमा उपचार भइरहेकाले नेपालमा त्यही अनुसरण गर्न थालिएको मन्त्रालयको भनाइ छ ।

अहिलेसम्म भारतमा श्रम गर्न गएका युवामा मात्र संक्रमण भेटिएकाले मृत्युको संंख्या नियन्त्रित छ । तर, समुदायमा संक्रमण फैलिएमा दीर्घरोगी, वृद्धवृद्धालाई यसले बढी असर गर्नेछ । ‘हामी आजसम्म यो मानेमा भाग्यमानी छौँ, धेरै संक्रमितमा लक्षण नै छैन, भए पनि सामान्य छ । तर, मृत्युको संख्या पनि बढ्दै गएकाले सचेत भने हुनैपर्ने देखिएको छ,’ डा। देवकोटाले भने ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब