प्रदेश सरकारविरुद्धमा तरुण दलले जनकपुरमा गरीयो मसाल जुलुस प्रर्दशन

  • जेठ १८, २०७७ | २१६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुर । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल धनुषाले प्रदेश सरकारविरुद्ध मशाल जुलुस निकालेको छ । आइतबार साँझमा तरुण दलले जनकपुरधाम नगरमा प्रदर्शन गर्दै स्थानीय सरकार र प्रदेश सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुश प्रदर्शन गरेको हो । 

सो मसाल जुलुस प्रदर्शन गरी कोणसभामा परिणत हुदाँ प्रहरीले लाठीचार्ज समेत गरेको छ । जनकपुरको राम चोकबाट निस्केको मसाल जुलुसले जनक चोक, शिव चोक, भानु चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको थियो ।

प्रहरीले लाठी चार्ज गरेपछि यूवाहरुको भीड तितरवितर भएको थियो । जनकपुरको आरटी पीसीआर मेसिन यथाशिघ्र सुरु गर्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने र भारतको सीमामा फसेको नेपाली नागरिकलाई यथाशिघ्र ल्याउनुपर्ने माग गर्दै तरुण दलले प्रदर्शन गरेको थियो ।

स्थानीय सरकार र प्रदेश सरकारले कोरोनाको नाममा करोडौँ बजेट खर्चेपनि क्वारेन्टिन तथा आइसोलेसनमा डब्लुएचओ मापदण्ड अनुसार खाना, खाजा र बासको व्यवस्थापन नगरी भ्रष्टचार गरिरहेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले बताए ।

लकडाउनको अवधिमा भीडभाड, भेला तथा सभाहरु गर्ने व्यवस्था नरहेकोले प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब