सिरहा । सिरहाको विभिन्न स्थानियतहमा कोरोना संक्रमित संख्या बढिरहदाँ सिरहा नगरपालिका नगरप्रमुख असेश्वर प्रसाद यादबले नगरवासीलाई लकडाउनलाई हेलचक्राइ नगरी लकडाउनको पालना गर्न सबै नगरवासीमा आग्रह गर्नु भएको छ । केही दिन यता सिरहा सदरमुकाम बजारमा मानिसका भिडा बढन थालेको प्रति चिन्ता व्यक्त गर्दैनगरवासीसँग अनुरोध गरको हो ।
भारतबाट आएकाहरुलाई सीधै क्वारानटाइनमा लियाएने कार्या पूर्ण व्यवस्थित रुपमा भईरहेकोले र क्वारेन्टाइनलाई पनि सुरक्षित रुपमा व्यवस्थापन गरीएकोले भयभीत हुनु जरुरी नभएपनि सचेत र सतर्क रहन जरुरी रहेको नगरप्रमुख यादबले भन्दै लकडाउनको उल्लंघन नगरी सामाजिक दुरी पालना गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,स्थानीय सरकारका जनप्रतिनिधि,सुरक्षाकर्मी स्वास्थ्यकर्मी र संचारकर्मीहरु अहोरात्र खटेर कोरोना महामारीसँग लडिरहेका वेला नगरवासीहरु जनहितमा जारी सूचनालाई ध्यानमा राखेर सहयोग गरौ । हेलचक्राइ नगरी सचेत हुन जरुरी छ।
सिरहा जिल्लाको विभिन्न स्थानियतहमा फेला परेको कोरोना संक्रमितको संख्या २५ पुगेको छ भने हाल सम्म सिरहा नगरपालिकामा संक्रमित देखा परेको छैन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved