जेठ ३२ अघिनै लकडाउनको मोडल फेर्ने तयारी

  • जेठ १९, २०७७ | १८० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिको एक दुई दिनभित्रै बस्ने बैठकमा राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने समिति सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले बताए । लकडाउन हटाउन दबाब दिदै गर्दा महामारी नियन्त्रण बाहिर जाने खतरातर्फ पनि विचार गर्नुपर्ने उनले बताए ।

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ ।यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ ।

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिनेबारे छलफल भइरहेको छ ।

स्रोतका अनुसार लकडाउन खुकुलो बनाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली अझै अनुदार छन् । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु जोखिम कम भएका क्षेत्रमा आर्थिक गतिविधि बढाउने र जनजीवन सामान्य गराउने पक्षमा रहे पनि प्रधानमन्त्री भने आश्वस्त हुन सकेका छैनन् ।

एक मन्त्रीले भने ‘भोलि एकैपटक संक्रमण बढेर महामारी नियन्त्रण बाहिर जान थाल्यो भने के गर्ने ? अस्पतालले धान्दैनन्, डाक्टरहरु भागाभाग हुन्छन्, परिस्थिति हाम्रो काबु बाहिर जानसक्छ भन्ने कुरा प्रधानमन्त्रीको छ । कतिपय देशको अनुभवले उहाँको आशंकालाई बल पुग्छ तर लकडाउन लम्ब्याइरहदा असन्तुष्टि बढ्ने खतरा पनि छ ।’

पछिल्ला दिनमा कोरोना सांक्रमण तीब्र रुपमा बढिरहेको छ । तर संक्रमितहरु प्रायः सबै भारतीय नाकाबाट भित्रिएकाहरु रहेकाले ती क्षेत्रमा लकडाउन कडाइ गर्दै कम जोखिमका क्षेत्रको जनजीवन खुकुलो बनाउने सम्भावना रहेको छ । विस्तारै कोरोनासँग जुधेर जनजीवन अघि बढाउनुको विकल्प नरहेको सरकारका मन्त्रीहरुको पनि बुझाइ छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकमा कोरोनासँग संघर्ष गर्दै अघि बढ्नुको विकल्प नरहेको बारे चर्चा समेत भएको थियो । संक्रमणको खतरा लामो समयसम्म कायमै रहने भएकाले सधैं लकडाउनमा बसेर सम्भव नहुने कोणबाट सो विषय उठेको मन्त्रीहरुले बताएका छन् ।

जेठ ३२ अघिनै काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर सावधानीपूर्वक जनतालाई नियमित गतिविधिमा फर्काउनेबारे छलफल भइरहेको छ । उच्चस्तरीय समन्वय समितिले सबै परिस्थ्तििको आँकलन गरेर विज्ञहरुको सुझाव सहित मन्त्रिपरिषदमा लकडाउनको मोडालिटी फेर्न प्रस्ताव लैजाने बताइएको छ ।

समितिले कतिपय जनस्वास्थ्य विज्ञहरुसँग रायसुझाव लिइरहेको छ । स्वास्थ्य मन्त्रालयले पनि लडकाउनेका बारेमा आफ्नो सझुाव दिइसकेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब