त्रसित हुने हाईन् लकडाउनको नियमलाई पालना गरौँ : सिरहा नपा प्रशासकिय प्रमुख बलिराम यादब

  • जेठ २०, २०७७ | ६१४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बुहुमुखि क्याम्पसको क्वारेन्टाइनमा फेला परेको २२ जना कोरोना संक्रमितबाट नगरपालिकामा त्रासको वातावरणलाई ध्यानमा राखि नगरवासीहरुसँग सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले अनुरोध साथ भने, "महामारीको वेला त्रसित नबनौँ सबैले नेपाल सरकारको लकडाउन नियमलाई पालना गरौँ" ।

कोरोना महामारी रोग मात्र होइन । युद्धको मैदान पनि हो । त्यसैले सबै नरवासीहरुले संकटको घडीमा त्रास भन्दा शक्ति लगाउन जरुरी छ । सिरहा नगरपालिकाले क्वारेन्टाइनलाई पूर्ण व्यवस्थित बनाएको छ । सरकारको मापदण्डलाई ध्यानमा राखि कार्य भइरहेको छ । 

भारतबाट आएकाहरुलाई सीधै क्वारानटाइनमा लियाएने कार्या पूर्ण व्यवस्थित रुपमा भईरहेकोले र  कोरोना संक्रमितलाई अस्पताल सम्म सुरक्षित रुपमा व्यवस्थापन गरीएकोले भयभीत हुनु जरुरी नभएपनि सचेत र सतर्क रहन जरुरी रहेको यादबले भन्दै लकडाउनको उल्लंघन नगरी सामाजिक दुरी पालना गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,स्थानीय सरकारका जनप्रतिनिधि,सुरक्षाकर्मी स्वास्थ्यकर्मी र संचारकर्मीहरु अहोरात्र खटेर कोरोना महामारीसँग लडिरहेका वेला नगरवासीहरु जनहितमा जारी सूचनालाई ध्यानमा राखेर सहयोग गरौ । हेलचक्राइ नगरी सचेत हुन जरुरी छ।

सिरहा जिल्लाको विभिन्न स्थानियतहमा फेला परेको कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब