प्रयोगशालाको गलत रिर्पोटको कारण प्रदेश २ का सांसद र कर्मचारीमा कोरोनाको त्रास

  • जेठ २३, २०७७ | २४० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस परिक्षणको गलत रिपोर्ट दिएपछि प्रदेश २ का सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ ।

रिपोर्ट नै नआइकन बुधवार प्रदेशसभाका सबै कर्मचारी तथा सांसदहरुको पिसिआर नेगेटिभ आएको जानकारी दिएको प्रयोगशालाले प्रदेशसभाको बैठक बसेको भोलिपल्ट ५ जनाको रिपोर्ट पोजेटि रहेको बताएपछि उनीहरुमा सन्त्रास फैलिएको हो ।

प्रदेशसभामै स्वाब दिएका बाहिरका एकजना प्रहरी बाहेक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ आएको जनाएपछि बुधवार प्रदेशसभाको बैठक डाकिएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।

प्रयोगशालाको गल्तीका कारण बुधवारको प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, सांसद तथा कर्मचारीमा त्रास फैलिएको उनको भनाइ छ । प्रदेशसभा बैठक बस्नुअघि स्वाब संकलन गरिएको रिपोर्ट आएपछि बिहीवार दिउँसो प्रदेशसभाका ४ जना मर्यादापालक र एकजना आथिर्क मामिला तथा योजनाराज्यमन्त्रीकी स्वकिय सचिवमा संक्रमण पुष्टि छ ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो ।
प्रदेशसभा बैठकमा समेत सहभागी भएका उनीहरुमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।

शुक्रवार दिउँसो १ बजेसम्मकालागि प्रदेशसभा बैठक स्थगित गर्ने निर्णय पश्चात प्रदेश सभालाई स्यानिटाइज गरिएको छ ।

‘ल्याबले फोन गरेर सबैको रिपोर्ट नेगेटिभ रहेको भनेपछि बैठक बस्ने निर्णय भयो । उतिखेर केही व्यक्तिको मात्र रिपोर्ट आयो । ल्याबका कर्मचारीले हामी रिपोर्ट बनाउँदै छौँ । वान बाइ वान बनाउन अलि टाइम लाग्छ भनेपछि हामीले बैठक डाकेका थियौँ,’ प्रदेशसभाका निमित्त सचिव यादवले भने ।

उनका अनुसार बिहीवार दिउँसो डेढबजेमात्र ५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालमा जानकारी गराइएको थियो ।

तर बुधवार सबैको रिपोर्ट नआएको र रिपोर्ट आएकाहरुलाई मात्र बैठकमा सहभागी हुन सुझाव दिएको प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले दावी गरे ।

‘हामीले रिपोर्ट आएका जतिको मात्र बुधवार नेगेटिभ रिपोर्ट आएको भनेर खबर गरेका थियौँ । आज आएको रिपोर्टमा पाँच जनामा संक्रमण पोजेटिभ पाइएको छ,’ उनले भने । संक्रमित मर्यादापालक र राज्यमन्त्रीकी स्वकिय सचिवलाई आइशोलेसन वार्डमा उपचारकालागि पठाइएको निमित्त सचिव यादवले बताए ।
संक्रमित मर्यादापालकको सम्पर्क तथा संसर्गमा पुगेकाहरुलाई छुट्टै कक्षमा बासको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार पहिलो चरणमा शुक्रवार प्रदेशसभाका सबै सुरक्षाकर्मीको स्वाब संकलन गर्ने तयारी छ ।

‘सुरुमा सबै मर्यादापालकलाई जाँच गर्नुपर्छ तर शंका लागेमा अरुको पनि जाँच गर्न सकिन्छ,’ निमित्त सचिव यादवले थपे । संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । यस्तै आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा समेत कोरोनासम्बन्धी कुनै लक्षण देखिएको छैन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब