दबाबपछि कोरोना बीमा पुनः शुरू

  • जेठ २३, २०७७ | २४७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । बजेटको कार्यक्रमलाई नै धज्जी उडाउँदै कोरोना बीमालेख बिक्री स्थगन गर्ने बीमा कम्पनीहरूको निर्णय १२ घन्टा पनि नबित्दै पुनः सुचारू भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मुख्य प्राथमिकतामा राखेको कोरोना बीमा दायित्व बोझ हुने बहाना देखाउँदै बीमा कम्पनीहरूले स्थगन गरेका थिए ।

शुक्रबारदेखि स्थगन गरेको घोषणा गरेको भए पनि कम्पनीहरूले शुक्रबार मध्यान्हबाट कोरोना बीमालेख बिक्री पुनः सुचारू गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

कोरोना बीमा स्थगन गर्ने निर्णय भएपछि बीमा कम्पनीका सञ्चालक तथा बीमा समितिका पदाधिकारीको टाउको दुखेको थियो । महामारीका बीच ल्याइएको बीमालेखमा जनताको रूची अत्याधिक रहेपछि बीमा कम्पनीहरूले धोका दिएको र अब विश्वास गुम्ने भन्ने चिन्ता रहेको बीमा कम्पनीका एक कर्मचारीले नेपाल समाचारपत्रलाई सुनाए ।

सञ्चालकहरूको ‘निद हराम’ हुने गरी भएको त्यो निर्णयपछि बीमा कम्पनीहरू र बीमा समितिमा निरन्तर छलफल भएको थियो । सो छलफलमा पुनर्बीमा कम्पनी र बीमा समितिका बोर्ड सदस्यहरू पनि सहभागी थिए ।

छलफल रातिसहित बिहान पनि भएको थियो । समितिका कार्यकारी निर्देशक पौडेलले आफूहरू नियमित छलफलमा रहेको जानकारी दिनुभयो ।

छलफलका क्रममा दायित्व बहन गर्न बीमा कम्पनीहरू तयार भए, त्यस्तै पुनर्बीमा कम्पनी र सरकारले पनि केही दायित्व बोक्न तयार भएपछि कोरोना बीमालेख बिक्री कार्यक्रम पुनः सुचारू गरेका हौं, नेपाल समाचारपत्रसँग कार्याकारी निर्देशक पौडेलले भन्नुभयो ।

उहाँले भन्नुभयो–‘३ लाख मानिसको बीमा गर्दा ३० लाख रकम छुने थियो, त्यसकारण बीमा कम्पनीहरू डराएका थिए । अहिले पुनर्बीमा कम्पनीले राम्रो निर्णय गरेको छ, केही व्ययभार पुनर्बीमा कम्पनीले पनि बोक्ने भएपछि, सरकारले पनि केही व्ययभार लिने सहमति भयो ।’

उहाँले सरकारका प्रतिनिधिले बीमा समितिलाई कोरोना बीमा पुनः सुचारू गराउन मौखिक निर्देशन दिएको बताउनुभयो । छलफलपछि बीमा समितिले उत्साहका साथ कोरोना बीमा गराउन कम्पनीहरूलाई निर्देशन दिएको छ ।

उहाँका अनुसार शुक्रबारदेखि गरिएको बीमा यस वर्षको अन्तिम अर्थात चैत मसान्तसम्म लागू हुने बताइएको छ । यद्यपि, यसअघि गरिएको बीमा भने बीमा गरिएको मितिले एक वर्षसम्म नै कायम भएको छ । यता, नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले सहमतिपछि कोराना बीम अगाडि बढाइएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले पुनः कोरोना बीमा सुचारू गरेका छौं, यसमा सबैको भूमिका सकारात्मक रह्यो ।’ उहाँले दायित्व पुनर्बीमा कम्पनी र सरकारले पनि केही हदसम्म बोक्ने भएपछि आफूहरू बीमाका लागि तयार रहेको सुनाउनुभयो ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब