सिरहा । BMZ/VCA र WHH को सहयोग मा सबल नेपाल द्वारा सन्चालित वाश परियोजना ले सिरहा जिल्ला को सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाका विभिन्न ठाउँहरुमा कार्यक्रम गरि विश्व बाताबरण दिवस मनाएको छ।
सबल नेपाल का प्रबन्ध निर्देशक तथा वाश परियोजना ब्यबस्थापक दिपक कुमार झाले वातावरण दिवस संगै आजबाट एकहप्ता सम्म यस परियोजनाले बिभिन्न कार्यक्रम गरि सरसफाई सप्ताह सुरु गर्न लागेको बताउनु भएकोछ। बातावरण प्रदुषण ले बातावरण मा रहेका जैविक तथा अजैविक अबयबहरु बीचको अन्तरसम्बन्ध तथा अन्तरक्रिया मा प्रतक्ष्य प्रभाव पर्न थालेकोले हावा, पानी माटो लगायत सम्पूर्ण प्राकृतिक श्रोतहरुमा क्षति पुग्न थालेको भन्दै सबल नेपालका वाश परियोजना संयोजक केशब राज पन्तले वाताबरण संरक्षण आज को अपरिहार्यता भएको बताउनु भयो।
स्वच्छ बाताबरण बिना स्वस्थ समाज को परिकल्पना सम्भब नहुने भन्दै परियोजनाका उधम विकास अधिकृत सन्तोष भण्डारी ले अहिले को युवा पुस्ताले वातावरणमा आएको परिवर्तन बाट भागेर जान नसक्ने भन्दै चुनौतिका बीच अवसर को खोजि गर्दै समाजिक विकासमा जोड दिनु पर्ने बताए। सरसफाई र स्वस्छता को विकास का लागि जनचेतना अभिबृदी मा जोड दिदै आएको यस परियोजना ले वातावरण दिवसको उपलक्ष्य मा परियोजनाका वाश अधिकृतहरु ममता बर्मा, अर्चना यादव र शशांक खतिवडा को आगुवाई मा सिरहा जिल्लाको सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिका का विभिन्न ठाउँ हरु मा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ।
दिगो रुपमा खानेपानी व्यवस्था गर्न वातावरणको दिगो बिकाश आवश्यक भएको भन्दै परियोजनाका प्राबिधिक वाश अधिकृत ई. नितिश झा ले भौतिक श्रोत साधन को विकास संगै वातावरण विकास आजको आवश्यकता भएको बताउनु भयो। यसका साथै यस परियोजनाले कोभिड -१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सिरहा जिल्लाको भारत संग सिमा जोडिएको मार्डर र ठाडी नाका तथा नगरपालिकाहरु ले सन्चालन गरेका क्वारेन्टिनमा वाश स्टेशन निर्माण र जडान गर्ने कार्यलाई तिब्रता दिएकोछ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved