कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना पुष्टि

  • जेठ २६, २०७७ | २१४ पटक पढिएको | सीमा संदेश
alt

अर्घाखाँची । कोरोना संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना देखिएको हो ।

युवकको जेठ १० गते घर फर्किने क्रममा भारतमै मृत्यु भएको थियो । उनको कपिलवस्तुमा पोस्टमार्टम्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब