पूर्वसभामुख कृष्णबहादुर महराको फेरियो जीवनशैली

  • जेठ २७, २०७७ | २६८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । महरा  पुर्ख्यौली गाउँ रोल्पा पुगेर हलो समाएर जोतिरहेको उक्त तस्बिरका बारेमा विभिन्न सकारात्मक र नकारात्मक टिप्पणीहरु पनि भैरहेका छन् । केही दिनअघि रोल्पा पुगेका महरा अहिले खेतपातीमा व्यस्त रहेको बताइन्छ । उनी बिहान र बेलुका खेतीपातीमा व्यस्त हुने र दिउँसो छलफलमा व्यस्त हुने गरेका छन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । उनी त्यही पाखोलाई उर्बर बनाएर खेती गर्न लागेको उनी निकट स्थानीयवासीको भनाई छ । गृहजिल्ला रोल्पा भएपनि महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी दाङका स्थानीय नेता–कार्यकर्तासँगको भेटघाटमा समेत व्यस्त हुने गरेका छन् । महरा सभामुख पदमा रहेकै बेला यौन दुराचारको आरोप लागेपछि गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए ।रातोपाटी

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब