सिरहा । सिरहा जिल्लाको कोरोना परिक्षण रिर्पोट ढिलो गरी सर्वजनिक भईरहेको कारणले क्वारेन्टाइनहरुमा थप संक्रमणको जोखिम बढि रहेको छ ।
प्रदेश न २ को अन्य जिल्लाहरुको तुलनामा सिरहाको कोरोना परिक्षण रिर्पोट ढिलो गरी सर्वजनिक भईरहेको । जेष्ठ १७ गते गरिएको पिसिआर परिक्षण रिर्पोट हाल सम्म सर्वजनिक भएको छैन । रिर्पोट ढिलो सर्वजनिकका कारण स्थानियतहको सरकारहरुले जिल्ला स्वास्थ्य कार्यालयलाई दबाब दिईरहेको छ । तर छिटो सर्वजनिक गर्नका लागि पटक पटक समन्वय गरेपनि सम्बन्धी निकायले चासो नदिइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।
हाल सम्ममा १ हजार ८ सय ४९ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको छ । जस मध्ये ६२ जना पोजेटिभ र १४१० जनाको निगेटिभ गरी कुल १४७२ जनाको परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ । कुल ३७८ जनाको रिर्पोट अहिले पनि आउन बाँकी रहेको छ ।
अरडिटी किटबाट जिल्ला भरीमा कुल १५५१ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएकोमा कुल १४९३ जनाको रिर्पोट निगेटिभ आएको छ भने कुल ५८ जनामा पोजेटिभ देखिएको छ।
अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएकोलाई कोरोना भाइरस संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने यादबले बताउनु भयो ।
जिल्लाभरीको संस्थागत क्वारेन्टाइनमा कुल १२७६ जना रहेका छन । होम क्वारेन्टाइनमा कुल ८०२ जना रहेको छ भने आईसुलेशनमा कुल ५७ जनाको उपचार भईरहेको छ । भारतबाट आउने संख्या क्रमिक रुपमा घटेपछि संस्थागत क्वारेन्टाइनमा बस्ने संख्या पनि घटिरहेको छ ।
सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या ६२ पुगेको छ । २० जनाले कोरोनाबाट निक भई घर फर्केको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved