दलितमाथि भईरहको श्रृङ्खलाबद्ध हत्याविरुद्ध सिरहामा प्रदर्शन

  • जेठ ३२, २०७७ | २७१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । देशका विभिन्न ठाउँमा भएको दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन भएको छ । रुकममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक हत्या र धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माँग गर्दै दलित संघर्ष समिति सिरहाले गोलबजारमा आज अपरान्ह विरोध प्रर्दशन भएको हो । 

प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा दिल्ले मिझारले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभरी श्रृङ्खलावद्ध हत्याभएको घटनामा सरकार उदासीन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे । 

उनले नवराज विकसहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा गरी यो अवधिमा ८ जना दलितहरुको हत्या भएको बताए । हत्या भएका सवैलाई शहिद घोषणाको माग गरे  । सोही क्रममा डा. दिलिम कुमार सदायले दलिहरुमाथि दिनानु दिन बढिरहेको घटनाले दलितहरुलाई आक्रोशित बनाएको बताए । हत्यामा संलग्न भएकाहरुलाई तुरुन्त कार्वाही नगरे दलितहरु चुप लागेर बस्न नसक्ने सदाले बताए ।

उनले भने, ‘हत्या भईरहने र दलितहरु अव चुप चाप टुलु टुलुहेरेर बस्न सक्दैनौं, हामी कडा आन्दोलनमा उत्रन बाध्यय हुनेछौं ।’ दलित अगुवा उमेश बरालको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गत जेष्ठ १० गते रुकुममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । त्यसैगरी, ४ दिन अघि धनुषाको सवैलामा शम्भु सदा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

दबाब कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउन लहान नगरपालिका, मिर्चौया नगरपालिका र भगवानपुर गाउँपालिकामा समिति गठन गरी विरुद्ध सभा गर्ने योजना पनि तयार गरेको दलित जनकल्याण युवा क्लव लहान, सिरहाको कार्यकारी निर्देशक विनोद विसुनकेले जानकारी दिनु भयो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब