सिके राउतले पाए देशद्रोहको मुद्दाबाट सफाई

  • असार ४, २०७७ | ३१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौैं । स्वतन्त्र मधेसको  मुद्दा अघि सारेर मुलुक विभाजन गर्ने अभिव्यक्ति दिएको आरोपमा सर्वोच्च अदालतमा दायर मुद्दामासिके राउतले सफाई पाएका छन् ।

हाल जनमत पार्टीका संयोजक रहेका राउतले केही बर्षअघि मुलुकबाट मधेश अलग बनाउने अभिव्यक्ति दिएका थिए ।

सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले डा. राउतसहित १६ जनालाई सफाइ दिएको हो ।

यसअघि राउतलाई विशेष अदालतले पनि सफाइ दिइसकेको थियो ।

देश विभाजनको अभिव्यक्ति दिएको भन्दै डा. राउतसँगै १३ जना विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । 

विशेष अदालतको फैसला त्रुटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाई बुधबार भएको हो ।

यो फैसलासँगै डा. राउत अब खुला रुपमा हिँडडुल गर्न पाउने भएका छन् । 

२०७५ फागुन २४ गते सरकारले डा. राउतसँगसम्झौता गरेको थियो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र डा. राउत नेतृत्वको तत्कालिन स्वतन्त्र तराई मधेस गठबन्धनबीच सम्झौता भएको थियो । सो सम्झौतासँगै डा. राउत मूलधारको राजनीतिमा आइसकेका छन् ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब