सप्तरीमा वडाअध्यक्ष विरुद्ध भण्डाफोर कार्याक्रम

  • असार ४, २०७७ | ७७७ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ का स्थानीयहरुले वडा अध्यक्ष जय प्रकाश यादवले अनियमितता गरेको भन्दै भण्डाफोर गरेका छन् ।

आज मैनाकडेरीस्थित सम्बन्धित वडा कार्यालय प्राङ्गणमा आयोजित भेलामा सहभागि बुद्धिजिवी , नागरिक समाज , युवा , महिला एवम् निरवाचित वडा सदस्यहरु समेतले अध्यक्ष यादवले सम्पूर्ण विकासीय कार्यक्रमका बजेट रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् । अध्यक्ष यादवले निर्वाचित भएदेखि आजसम्म आफ्ना वडामा जनमुखि कार्यक्रमको कुरै छोडौ सन्तोष जनक काम गरेका छैनन् । समाजसेवी तथा पूर्व प्रधानाध्यापक भरत प्रसाद यादवले बताउनुभयो ।

उहाँका अनुसार अध्यक्ष यादवले विनियोजित बजेट र भए गरेका खर्चको सम्पूर्ण विवरण जनता समक्ष सार्वजनिक नगर्ने नागरिक समाजलाई गुमराहा बनाई सूचनाको हकबाट बन्चीत बनाउँदै आएका छन् । शिक्षा ,स्वास्थ्य र कृषि लगायतमा भन्दा मठमन्दिरमा बजेट केन्द्रित गरित जनता प्रति संवेदनशिल बन्न नचाहने यस्ता जनप्रतिनिधिबाट अन्याय अत्याचारको पराकाष्ट माथि बुई चडेर विकासका नाममा कलङ्क बनिरहदा पनि यसको छानबिन नभएकोमा समाजसेवी यादवले आपत्ती जनाउनुभयो ।

वडा अध्यक्ष यादवले वडा सदस्यहरुलाई समेत गुमराहमा राखेर आफ्नो मनोपोलि ढंगबाट उपभोक्ता समिति गठन गरेर का मगर्दै आएको वडा सदस्यहरुले बताउनुभयो । आम भेलाको आयोजना नै नगरी कागजी घोडाका भरमा दौडेर बिगत वर्षहरुबाटै सबै काम अध्यक्ष आफैले गर्दै आएको वडा सदस्यद्वय सकुन्ती देवी साह र इन्द्र कुमारी खंगले बताइन् । कार्यालयमा आफूहरुले कार्यक्रम र सो को लागत बजेटका बारेमा जानकारी लिन खोज्दा अध्यक्ष यादवले खकारपकार मात्र होइन गालि गलोज समेत गर्ने गरेको सदस्यद्वयले बताइन् ।

आफूहरु पदमा रहेर पनि कुनै पनि कार्यक्रम सँगै कार्यक्रमको उपभोक्ता समितिहरु समेतको जानकारी थाहा नभई काम भएको प्रति आपत्ती जनाउँर्दै जिल्ला प्रशासन कार्यालय र गाउँपालिकामा पटकपटक वडा अध्यक्षको हर्कतको बारेमा जानकारी गराउदा पनि सो कार्यालयबाट कुनै पहल नभएको अर्का वडा सदस्य शतिस कुमार मिश्रले दुखेसो पोखेका छन । वडाअध्यक्ष यादवले कोभिड १९ को संक्रमणमा भएको लकडाउनमा नेपाल सरकारद्वारा वितरण गरिएको राहतमा समेत धादलि गरेका छन् । दैनिक ज्याला दारी विपन्न दलित गरिब सुकुम्बासीलाई राहत प्याकेजको व्यवस्था मिलाएको भए पनि यस वडामा यस्ताले भन्दा सम्पन्न वर्गलाई नै राहत दिइएको बताइएको छ ।

वडा कार्यालयमा बैठकको आयोजना गरेर कार्यालयमै उपस्थित नभएका अध्यक्ष यादवले वडाका भद्र भलादमी बुद्धिजिवी युवा तथा महिला लगायतका ठूलो संख्यालाई देखेर बैठक नै स्थगित गरेर भागेपछि वडाबासीहरु आक्रोसित बनेका थिए ।

वडा सचिव बिरेन्द्र कुमार यादव समेत कार्यालयमा थिएनन् । जेठ ३२ गते सूचना टास गरी बोलाइएको बैठक १ घण्टा अगाडि मात्र बैठक स्थगितको सूचना टास गरिएको थियो । वडा सदस्य राजेन्द्र प्रसाद मरिक यादवको अध्यक्षतामा सम्पन्न भण्गाफोर कार्यक्रममा समाजसेवी महानन्द झा , कुलानन्द झा , पूर्व इन्जिनियर योगेन्द्र मिश्र , प्रोफेसर त्रिभूवन यादव , डाक्टर देवलाल खंग लगायतले वडा अध्यक्षको कर्तुतले स्थानिय जनता मर्माहित भएको र यस्ता गतिविधिलाई सहेर बसने हो भने यहाँको विकास ओझेलमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब