डाक्टरको लापरबाहीले महिलाको मृत्यु, लहानको लिला मदन पोलिक्लिनिकमा तनाव

  • असार ५, २०७७ | ३०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा सिरहाको लहानमा शल्यक्रिया गर्न आएकी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै पिडित पक्ष आक्रोशित भएका छन् ।

सप्तरीको खड्ग नगरपालिका ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको मृत्यु भएको हो ।

खातुनको मृत्यु लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार भएका छन् ।

घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् ।

अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।

२५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको थियो । उनका परिवारका अनुसार अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । पेट दुखेपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप छ ।
दोस्रोपटक अपरेसनमा लापरबाही भएकोले खातुनको ज्यान गएको परिवारजनको भनाइ छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब