सिरहा नगरपालिलकामा व्यक्तिगत घटना दर्ता शिविर संचालनका लागि अभिमुखिकरण

  • असार ५, २०७७ | १,१३० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाले व्यक्तिगत घटना दर्ता शिविर संचालनका लागि एक दिने अभिमुखिकरण गोष्ठी कार्याक्रम गरेको छ ।

गोष्ठीमा नगरपालिकाको २२ वटा वडाका वडाअध्यक्ष तथा सम्बन्धी कर्मचारीहरुका सहभागितामा व्यक्तिगत घटना दर्ताबाट बञ्चितमा परेका नागरिकलाई शिविर सम्म सहज उपस्थिति बारे छफलग गरेका छन।

कार्याक्रमको सजिकरण गरिरेको पञ्किारण शाख प्रमुख संजय कुमार यादबले भने, शिविरमा अनलाई प्रविधिबाट घटना दर्ता हुने भएकोले नेपाल सरकारको कानून अनुसारको कागजातसहित जन्म दर्ता , मूत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, बसाईसराई दर्ता र सामाजिक सुरक्षाका लागि उमेर पुगि सकेकाहरुलाई नाम दर्ता कार्य सामाजिक नगरिक दुरी बनाई एकै ठाउँबाट हुनेछ ।

सिरहा नगरपालिकाका वडाहरुमा २ देखि ३ दिन सम्म शिविर संचालन गरिनेछ । यसका लागि सम्पूर्ण तयारी सुरु भएको छ । घटना दर्ताका लागि आवश्यक मापदण्ड र शिविर संचालनको मिति र स्थान पछि प्रकाशन गरिने एम. आई. एस. अपरेटर अरविन्द्र महतोले बताउनु भयो ।

व्यक्तिगत घटना दर्ता कार्य महत्व पूर्ण विषय भएपनि जटिल पनि रहेको छ । नेपाल सरकारको कानून परिवर्तनका कारण सामुदायिमा कुरा बुझाउन शिविरमा चुनौती उत्पन्न हुनेछ । त्यसैले सोधपुच्छ सहितको नागरिकलाई सहज र सजिलो हुने तरिकाबाट व्यवस्थान गरी शिविर संचालन गर्न सबैसँग नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले अनुरोध गर्नु भयो ।

व्यक्तिगत घटना दर्ता मानिसको अधिकारसँग जोडिएकोले नेपाल सरकारको मुलुकी ऐन, २०७४ लाई ध्यानमा राखि २०७५ भदौ १ गते देखिलाई हालको व्यवस्था अनुसार घटना दर्ता गर्ने र भदौ १ गते भन्दा अघिकोलाई पहिलैको कानून अनुसार दर्ता गर्ने गरी  प्रक्रिया सहज रुपमा अगाडी बढाउन निर्देशन गर्नु भयो ।

नगरपालिकाको नगर सभाका तयारीका लागि वडामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि योजना छनौट गरी समयमा बुझाउन पनि वडाअध्यक्षहरुसँग प्रशासकिय प्रमुख यादबले अनुरोध पनि गर्नु भयो ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब