दलितमाथि भएको श्रृङ्खलाबद्ध हत्याविरुद्ध सिरहा सदरमुकामा प्रदर्शन

  • असार ८, २०७७ | ८५६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । देशका विभिन्न ठाउँमा भएको दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहा सदरमुकामा प्रदर्शन भएको छ । रुकममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक ६ जानका हत्या र रुपन्देही जिल्ला लगायत धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माँग गर्दै दलित संघर्ष समिति सिरहाले सिरहासदरमुकामा आज अपरान्ह विरोध प्रर्दशन भएको हो । 

प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा तथा दलित जन कल्याण युवा क्लवको कार्यकारी निर्देशक बिनोद कुमार विसुनकेले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभर्री एक हप्ता भित्रमा श्रृङ्खलावद्ध हत्याभएको घटनामा सरकार उदासीन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे । उनले भने, ‘हत्या भईरहने र दलितहरु अव चुप चाप टुलु टुलुहेरेर बस्न सक्दैनौं, हामी कडा आन्दोलनमा उत्रन बाध्यय हुनेछौं ।’

उनले नवराज विकसहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा गरी यो अवधिमा ८ जना दलितहरुको हत्या भएको बताए । हत्या भएका सवैलाई शहिद घोषणाको माग गरे  । सोही क्रममा डा. दिलिप कुमार सदायले दलिहरुमाथि दिनानु दिन बढिरहेको घटनाले दलितहरुलाई आक्रोशित बनाएको बताए । हत्यामा संलग्न भएकाहरुलाई तुरुन्त कार्वाही नगरे दलितहरु चुप लागेर बस्न नसक्ने सदाले बताए ।

2 6

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब