पर्यटनमन्त्रीलाई कसले देखायो अश्लील भिडियो ?

  • असार ८, २०७७ | ४२२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जेठ ३ गते विभिन्न बैंकका सूचनाप्रविधि विभाग हेर्ने प्रमुखसहित राष्ट्र बैंकका उच्च अधिकारीहरु ‘जुम मिटिङ’मा थिए । राष्ट्र बैंकले गरेको त्यो बैठकको उद्देश्य थियो, बैंकिङ क्षेत्रमा सूचना प्रविधिका बढ्दो प्रयोग र साइबर सुरक्षाका उपायहरुबारे छलफल गर्ने ।

सो वेबिनार (वेब बैठक) मा सहभागीमध्ये पहिलो वक्ताले बोलेपछि होस्टले दोस्रो सहभागीलाई बोल्न समय दिए, लगत्तै एकाएक पोर्न भिडियो बज्न सुरु भयो ।

कसले, कहाँ, कसरी त्यस्तो गर्‍यो ? कसैले ठम्याउन सकेनन् । अलमलमा परेका केही बैंकर तथा सूचनाप्रविधि विज्ञहरुले फटाफटी बैठक छाडे, ‘होस्ट’ले पनि छिटोछिटो मिटिङ ‘समाप्त’ गरे ।

महिला वन प्राविधिक सञ्जालले पनि लकडाउनकै बेलामा एउटा भर्चुअल बैठक गर्ने तय गर्‍यो, जसका लागि जेठ ३ गते ‘जुम’ नै प्रयोग गर्ने निर्णय भयो ।

‘वन क्षेत्रमा लैंगिक तथा सामाजिक समावेशीकरण : परिवेश, चुनौती र अवसर विषय’मा करिब २८० जना सहभागी भएको भर्चुअल छलफल चलिरहेको थियो । बैठक सुरु भएको केही समय लगत्तै त्यहाँ पनि सोही घटना दोहोरियो, बैठकमा अपरिरिचत आईडी देखियो, जसले पोर्न भिडियो बजाइदियो ।

भिडियोसँगै नेपाली भाषामा गरिएका अश्लील गाली पनि बजेको थियो ।

महिला वन प्रविधिकहरुलाई लाग्यो, कसैले नियतवस अपमान गर्न यस्तो अश्लील हर्कत गर्‍यो होला । घटनापछि महिला वन प्राविधिक सञ्जालले घटनालाई संस्थाको अस्तित्वमाथिको प्रहार मात्र नभई यौनजन्य दुव्र्यवहारका साथै समग्र मानवीय सभ्यताकै उपहासको संज्ञा दियो ।

‘उक्त हर्कतलाई विकृत मानसिकता भएका व्यक्तिहरूले घृणित, परपीडक मानसिकता बोकेर यस सञ्जालप्रति आक्रमण गर्न खोजेको रूपमा हामीले बुझेका छौं,’ सञ्जालले विज्ञप्ति नै निकालेर भन्यो ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी कार्यक्रममा पनि अश्लील भिडियोको सोही सिलसिला दोहोरियो ।

कोभिड–१९को रोकथामका लागि पर्यटनसम्वद्ध निर्देशिका जारी गर्न ‘जुम’मा आयोजित भर्चुअल कार्यक्रममा पनि अश्लील भिडियो बज्यो ।

‘ह्यारिस’ नामको अनाधिकृत आईडीबाट यस्तो भिडियो देखिएपछि मन्त्री संलग्न बैठक बीचैमा रोकियो । पर्यटनमन्त्री भट्टराई बोल्न थालेलगत्तै त्यस्तो घटना भएको थियो ।

पर्यटन बोर्डले घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो परिस्थितिमा आफूहरुलाई साथ दिन आग्रह गरेको छ ।

विज्ञहरुका अनुसार यी तीन घटना त सार्वजनिक भएका मात्रै हुन्, नेपालमा नै ‘जुम’ प्रयोग गर्दा यस्ता समस्या भोग्नेहरु प्रशस्तै छन् । थुप्रै जुम मिटिङहरुमा यस्तो अश्लील हमला भएको छ ।

कोभिड–१९को महामारी आएपछि सामाजिक दूरी कायम गर्नुपर्ने र लकडाउपछि भेटघाट, बैठक तथा सामूहिक छलफलहरु गर्न नसकिने अवस्था छ । त्यसैकारण ‘जुम’ एपको प्रयोग संसारभर नै ह्वात्तै बढेको छ ।

अहिले नेपालमा पनि कार्यालयहरुका नियमित बैठक, स्कुल, कलेज, विश्वविद्यालयका अनलाइन कक्षाहका लागि पनि यही एपको प्रयोग भइरहेको छ ।

जसमा यस्ता घटना बारम्बार दोहोरिरहेका छन् । यसले गर्दा ‘जुम’को प्रयोग गर्ने कि नगर्ने भन्ने अन्योल बढेको छ ।

सरकार आफैं प्रवर्द्धक !

‘जुम’ चीनमा विकास भएको एप हो, जो भर्चुअल मिटिङ, वेबिनारहरु गर्ने प्रयोग गरिन्छ । जुम त्यही एप हो, जसलाई भारत सरकारले सेक्युरिटीको कारण देखाउँदै सरकारी तवरमा प्रयोग नगर्न सुझाव दिएको छ । विदेशका विभिन्न स्कुल र विश्वविद्यालयहरुले पनि प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

तर, नेपाल सरकारले भने यो एपलाई आफैंले प्रवद्र्धन गर्दै आएको छ । यो एप प्रयोगका लागि सरकारले विदेशी दाताको सहयोग नै लिएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले सहयोग गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार सबै मन्त्रालय, सबै प्रदेश र सबै स्थानीय तहलाई एक–एकवटा जुम लाइसेन्स युएनडीपीले दिएको छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब