प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुग्यो

  • असार ११, २०७७ | २५४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ जना महिला र १५ जना पुरुष गरी कुल १६ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको कोरोना परीक्षणमा धनुषा जिल्लामा ९ जना, महोत्तरी जिल्लामा ५ जना र सिरहा जिल्लामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा वर्ष १६, १७, २१, २३ र २५ का ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यसैगरी धनुषाकै बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित काली जनज्योती राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका वर्ष १२, १९, १८ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिकाको भेरुवा उच्च माध्यमिक विद्यालयमा वर्ष १६ का एकजना किशोर र मनरासस्विा नगरपालिकाको दुर्गा माध्यमिक विद्यालयमा वर्ष २१, २४, २७ र ५२ का ४ जना पुरुष गरी कुल ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

त्यसैगरी सिरहाको जेएस मुरारका लहानको क्वारेन्टिनमा बसेका एक तीन वर्षीया बालिका र १७ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब