कोरोना भाइरसबाट जोगिन भगवतीको पूजा, गाउँको अगुवा भन्छन्– अन्धविश्वास

  • असार ११, २०७७ | ७२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । धनुषाको शहीद नगरपालिका– ८ बिसरभोराको यो दृश्यले ठूलै पूजा आयोजना भएको जनाउँछ । मधेशका जिल्लामा बाह्रै महिना सामूहिक पूजापाठ भइरहने भएपनि बिसरभोरामा भइरहेको पूजा पृथक थियो ।

 तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् ।

चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ ।

मिथिला क्षेत्रका हस्तकलाका सामग्री डलिया, मौनी पनि पूजास्थलमा सजाएर राखिएको छ । धूपले वातावरण सुगन्धित बनेको छ ।

घेराभित्र केही महिला–पुरुष पूजापाठमा व्यस्त छन् । आधाघण्टा जति पूजापाठ गरेपछि उनीहरु नाच्न थाल्छन् । अब देऊता आएको विश्वास गरेको भिड शान्त बन्छ । शान्त भिडमा अब कौतुहलता भरिएको देखिन्छ ।

त्यहीबीचमा ढोल र पिपहीको आवाज चर्किन्छ । पूजामा सरिक महिलाहरु आफ्नो बाँधिएको केश फुकाउँदै, ‘है, हौ, पापी भाग…’ भन्दै अझ जोडले नाच्न थाल्छन् ।

खासमा यो कोरोना भाइरस भगाउन भन्दै आयोजना गरिएको पूजापाठ थियो । हातमा लाठी लिएका पुरुष नाच्दै सोध्थे– ‘यो भाइरस कसलाई भन्छ ?’

भिडबाट केही व्यक्ति उत्तर दिन्थे– ‘अर्कै दुनियाँको हो रे ! यसले मान्छे मार्छ ।”

नृत्यरत पुरुषले लाठी उचाल्दै ‘भाइरस, ताइरस भाग्…’ भनेपछि भिड आश्वस्त भएको आभास हुन्थ्यो ।

कोरोना भगाउने धामीको भूमिकामा गाउँकै भोला तेथबार यादव, विश्वनाथ कुर्मी, मंगलीदेवी दास, कैलाश देवी महरा र सुमिन्त्रादेवी दास थिए ।

कोरोना महामारी लम्बिदै जाँदा मधेशका जिल्लाहरुमा पूजापाठ हुन थालेको छ । बिसरभोरामा ‘कोरोना भगाउने पूजा’का लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

बिसरभोरामा कोरोनाको नाममा पशुवली समेत दिइयो । एउटा बोका, दुईवटा पाठी र चारवटा परेवा वली दिइएको स्थानीय उपेन्द्र यादवले बताए ।

उनका अनुसार, गाउँका केही अगुवाहरुले यसलाई अन्धविश्वास भन्दै विरोध गरेका छन् ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब