जनमत पार्टीका ७ जना केन्द्रिय सदस्यले पार्टी छाडे

  • असार १३, २०७७ | १,१५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टीका दोस्रो बरियतामा रहेका कैलाश महतो सहित ७ जना केन्द्रिय सदस्यले पार्टी परित्याग गरेका छन् ।

शनिवार पत्रकार सम्मेलन गरी महतो सहित सतिला यादव (सिरहा), दिनेश प्रसाद यादव(बारा), सञ्जय कुमार साह(पर्सा), हकिकुल्लाह मुसलमान (कपिलवस्तु) र नवलपरासीका धु्रव प्रसाद कहाँर र राजमति पासवानले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यसँगै पश्चिम नवलपरासीमा गठन भएको जनमत पार्टीको जिल्ला समिति समेत विघटन भएको उनीहरुले जनाएका छन् ।

२३ सदस्यीय जिल्ला समितिमा २ सदस्यबाहेक सबैले पार्टी परित्याग गर्दै राजनीनामा दिएको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष श्री कृष्ण यादवसहित २१ जनाले संयुक्त विज्ञप्ति निकालेर राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्ने सबैले २०७६ फागुन २४ गते गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि पनि डा. राउतले एकलौटी रुपमा निर्णय गर्ने र पार्टीभित्र गुटको राजनीतिक गर्दै नेता तथा कार्यकर्तालाई कामदारको रुपमा काम गराउन खोजेको आरोप लगाउँदै राजीनामा दिएको उल्लेख गरेका छन्।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा विधानसमेत पढ्न नदिई कार्यकर्तालाई गुमराहामा राखेको, तत्कालका लागि चुनावमा नजाने आन्तरिक निर्णय भएपनि २०७६ मंसिर १४ गते भएको स्थानीय तहको उप निर्वाचनमा उम्मेदवारी दिएर लजास्पद हार व्यर्होनु परेको जस्ता असन्तुष्टि उल्लेख गरिएको छ ।

डा.राउतले लोकतान्त्रिक पद्धति विपरीत राजनीतिक चरित्र देखाउन खोजेकाले आफूहरुले पार्टी परित्याग गरेको आरोप लगाइएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब