सिरहा । सिरहामा कोरोना जितेर घर फर्किनेका संख्या ६६ पुगेको छ । जेष्ठ १४ गतेको जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार १५ वर्ष मुनिको ३ जना संक्रमित, १५ वर्ष देखि ५९ वर्षको १५२ र ६० वर्ष भन्दा माथिको ६ जना गरी कुल १६१ कोरोना भाइरस संक्रमित रहेको छ ।
संक्रमित पुष्टि भएकाहरु मध्ये भारतबाट आएका १५० जना, सुरक्षाकर्मी ३ जना, क्वारेन्टाइन कर्मचारी २ जना, साउदीबाट आएका १ जना, स्थानियवासी १ जना र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी ४ जना संक्रमित रहेका छन ।
सब भन्दा बढी सिरहा नगरपालिका १० महिला ९७ पुरुष गरी कुल १०७ संक्रमित मध्ये २९ जना डिस्चार्ज भएको र ७८ जान आईसुलेशनमा बसेका छन ।
त्यस्तै लहान नगरपालिकाको ३ महिला १५ पुरुष गरी जम्मा १८ जान संक्रमित मध्ये १० जना डिस्चार्ज र ८ जना आईसुलेशनमा, भगवानपुर गाउँपालिकाको १ जान महिला र १० जना पुरुष गरी जम्मा १० जना संक्रमित मध्ये ६ डिस्र्चाज र ४ जना आईसुलेशनमा, बारियारपट्टी गाउँपालिकाको ५ जना पुरुष संक्रमित मध्ये ५ जानै डिस्र्चाज, धनगडीमाई नगरपालिकाको १ जना महिला र ४ जना पुरुष गरी जम्मा ५ जना संक्रमित मध्ये ३ जना डिस्र्चाज र २ जना आईसुलेशनमा , कल्याणपुर नगरपालिकाको ६ जना पुरुष संक्रमित मध्ये ५ जना डिस्र्चाज र १ जना आईसुलेशनमा, बिष्णुपुर गाउँपालिकाको ३ जना पुरुष संक्रमित मध्ये १ जना डिस्र्चाज २ जना आईसुलेशनमा, लक्ष्मीपुर पत्तारी गाउँपालिकाको १ जना पुरुष संक्रमित १ जना डिस्र्चाज, कर्जन्हा नगरपालिकाको १ जना पुरुष संक्रमित १ जाना डिस्र्चाज, गोलबाजर नगरपालिकाको १ जना पुरुष संक्रमित १ जना डिस्र्चाज, नवराजपुर गाउँपालिकाको १ जना पुरुष संक्रमित १ जना डिस्र्चाज, औरही गाउँपालिकाको १ जना पुरुष संक्रमित १ जना डिस्र्चाज, सखुवान्नकारकट्टी गाउँपालिकाको १ जना पुरुष संक्रमित १जना डिस्र्चाज र सुखिपुर नगरपालिकाको १ जान पुरुष संक्रमित १ जना डिस्र्चाज भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी दिएको छ ।
यसैसँगै सिरहामा हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या १६१, डिस्र्चाज भई घर फर्केका ६६ र आईसुलेशनमा ९५ जना रहेका छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved