लकडाउन थप कडा पार्ने सरकारको तयारी

  • असार १५, २०७७ | ४१२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । असार १ गतेदेखि केही खुकुलो पारिएको लकडाउनका कारण जोखिम बढेको भन्दै लकडाउन थप कडा बनाउने सरकारले तयारी गरेको छ ।आज कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो।

‘धेरै भीड नहुनेगरी भाषा परीक्षा दिने व्यवस्था मिलाउनका लागि शिक्षा मन्त्रालयलाई भनिएको छ,’सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले भने,’टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ।’

विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।’होटलमा भन्दा कोही व्यक्तिले घरमै क्वारेन्टिन बस्दा सुरक्षित ठानेमा त्यसका लागि समेत अनुमति दिने तयारी भएको छ,’उनले भने,’घरमै व्यवस्थित तरिकाले क्वारेन्टिन बस्न सक्ने व्यक्तिलाई सुरक्षा निकाय र स्थानीय तहको निगरानीमा बस्न दिने भनिएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाउँछ।’

‘अहिले जति खुलेका छन्। त्यसलाई बन्द गर्ने भन्ने होइन। तर खुलेका ठाउँमा प्रोटोकलको पालना गरिएको छैन,’ त्यस्तै, सिसिएमसीले विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई भनेको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब