प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक पत्रकारले जलाए

  • असार १७, २०७७ | २०९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका केही पत्रकारले बुधबार जलाएका छन् ।

पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारले स्थानीय जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् ।

‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार वीपी साहले भने, ‘यो विधेयक राणा शसनकालमा भन्दा पनि निरंकुश रहेकाले हामीले जलाएका हौं ।’

उनका अनुसार पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित हुँदैन ।

सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् ।

गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब