बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना

  • असार १८, २०७७ | ६३० पटक पढिएको | सीमा संदेश
alt

बारा । बारामा मास्क नलगाउनेले जरिवाना तिर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो ।

बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल यात्रीलाई समेत मास्क अनिवार्य गरिएको छ । मास्क नलगाए सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । यो नियम असार १९ गते शुक्रबारदेखि लागू हुने प्रशासनको सूचनामा उल्लेख छ ।

संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार प्रशासनले मास्क नलगाउनेलाई जरिवाना लगाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ३ दिन सचेतना अभियान चलाएपछि यो नियम लगाइने छ ।

लकडाउन खुला भएको मौका छोपेर मानिसहरु मास्क नलगाई हिँड्न थालेपछि प्रशासनले यो कदम चालेको हो । कोरोना भाइरसका कारण बारामा दुई जनाको मृत्यु भएको छ भने १९ जना संक्रमित अहिले आइसोसनमा छन् । त्यसैगरी १९१ जना क्वारेन्टाइनमा छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब