सिरहा । अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरहाले औरही गाउँपालिकाको कुण्डलपुरमा आन्दोलन कार्य तालिकाको १२ औँ दिन बिहीवार भैँसी जुलुस प्रदर्शन गरेकोे छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले संद्दमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरुले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरु प्रति प्रतिगामी र जनचाहना विपरीत रहेको ठहर गर्दै यस विरुद्ध घर घर बाट आवाज उठाउनु पर्ने र आन्दोलन गरी नागरिकता बिधेयक खारिज गर्नु पर्ने जनमत पार्टि औरही गाउँपालिका अध्यक्ष पंकज कुमार सिँहले बताउनु भयो ।
सयौँँको संख्यामा जनमत पार्टीका नेताहरुको उपस्तिथिमा गाउँ भरी भैँँसीसहित विभिन्न सरकार विरुद्ध नारा लगाउँदै प्रर्दशन कार्यक्रम गरेका छन। बिगत को दिनमा मधेशी जनताले गरेको संघर्ष बाट प्राप्त उपलब्धिलाई कोरोना महामारीको मौका छोपेर यो दुइ तिहाईको नश्लवादी सरकारले मधेसीको अधिकार खोस्न लागेको भन्दै कडा रुपले बिरोध जनाएका छन।
मधेशी माथि सरकारले गरीरहेको विभेदलाई भैँसीहरुको सरकारको संज्ञ दिदै यस्ता जुलुस प्रर्दशन गरेको युवा नेता दिपेन्द्र यादबले बताउनु भयो । यस आन्दोलनले अहिलेको सरकार भैँसीकै चाल चलिरहेको अवस्था प्रतिबिम्बित हुने भएकोले जाडैँ ल्याईएको नागरिकता बिधेयक खारिज गर्ने आशा गरेका छौँ । यदि सरकरले आफ्नो कर्तुत सुधार गरेन भने यस्तै विभिन्न चरणवद्ध आन्दोलन भईरहने यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved