बालिकालाई ‘बलात्कारपछि हत्या’ प्रकरणमा अघोरी बाबा पक्राउ

  • असार १९, २०७७ | २९० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या भनिएको घटनामा एकजना पक्राउ परेका छन् ।

११ वर्षीया कंचन पंजियारको हत्याको घटनामा ‘अघोरी बाबा’ भनिने एक जना भारतीय नागरिकलाई सोधपुछकालागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी करिब १ वर्षदेखि शव भेटेको स्थान नजिकै रहेको चिहानमा बस्दै आएका थिए ।

‘१ वर्ष पहिलेदेखि उनी त्यहाँ बस्दै आएका छन् । धेरै ड्रग्स लिएको देखेपछि यहाँका मानिसहरुले भगाइ दिएका थिए तर फेरी ४÷५ महिनादेखि उनी यहीँ बस्दै आएका छन्,’ स्थानीय राम बाबु साहले भने ।

उनका अनुसार अगहोरी बाबा गाँजा, रक्सी लगायतका मादक पदार्थ सेवन गरी हत्या भएकै ठाउँमा बसिरहेकाले उनले नै घटना घटाएको हुनसक्ने स्थानीयहरुको आशंका छ ।

कंचनको हत्या भएको ठाउँ वरपर दिनहुँ दर्जनौ नसा सेवनगर्नेहरुको घुँइचो लाग्ने गरेको स्थानीयहरुको भनाइ छ । त्यसैले अरु कसैले समेत उनको हत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

बुधवार विहान करिब ११ बजे पाडापाडी चराउन हिँडेकी कंचनको शुक्रवार नग्न अवस्थामा शव फेला परेको छ । अहिले उनको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब