सिरहाको लहानमा विभिन्न मागसहित रिक्सा मजदुरले निकाले खबरदारी जुलुस

  • असार २०, २०७७ | ३४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लामो समयसम्मको लकडाउनबाट प्रभावित सिटी रिक्सा चालकहरुले सिरहाको लहानमा रोजगारी गुमाएको भन्दै विभिन्न माग राखी सरकार विरुद्ध बिरोध प्रदर्सन गरेका छन। 

 नेपालमा बन्दाबन्दी भएको ३ महिना भन्दा बढी भयो तर सरकारको कस्तो निति छ हुने खाने ले सबैले हेर्छ न हुने लाई कसैले हेर्दैन गरिबहरु झन प्रभावित भएका छन्। गरिब ,बिपन्न परिवारलाई कसैले हेर्दैन् सरकार प्रतिको बिश्वासनियता गरिबको घाटदै गरेको चालक सिब कुमार महतोले बताउनु भयो।

 नेपालमा लकडाउन खुकुलो भयो सबै पसलहरु खुला छन् तर सिटि रिक्सा श्रमिक हरु मार्मा परेका छन्। उनीहरु तिन महिना देखि रिक्सा चलाउन न पाउदा परिवारको छाकटार्न गाह्रो छ । हामीहरु रिक्सा किन्दा  धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेका छौँ। तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको बताए । सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिबिको पार्जन गर्ने रिक्सा चालकहरु आ९आफ्नो सबारी लिएर खबरदारी कार्यक्रममा सडकमा और्लिएका हुन् ।

लहान ३ को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्याली लहान भरि पर्दर्शन गरेर मकालु बस बुकिङ काउनटर र जय नेपाल चिया पसल अगाडि कोण सभामा परिनत गरेका थिए । रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता कार्यक्रम भएको थियो भने नेपाली काङ्ग्रेस ट्रेडयुनियनका जिल्ला सभापति संजय उपाध्यय ,युवा नेता तथा समाज सेबि महेश चौधरी ले भने अहिलेको सरकार गरिब जनता लाई यो सरकार भोखै मार्न लागेको छ् यति रिक्सा ब्यबसायहरुलाई समाजिक दुरी लाई ध्यानमा राखी चलाउन दिएन भने हामी जनता लहानको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पनि पछाडि नहटने चेतावनी दिनु भयो ।

कार्यक्रममा लहान ६ का वडा अध्यक्ष अरुण केसि ले पनि रिक्सा श्रमिकको अधिकारको लागी जोड दार अवाज उठाएका थिए ।काङ्ग्रेसका नेताहरुमा अछ्मित लाल चौधरी , महासमिति सदस्य राम गणेश दास,नेबि संघका जिल्ला सभापति सित प्रसाद चौधरी , संजय यादव ,युवा नेता पपु यादव , राम कृष्ण यादव लगायतका दर्जनौं संघका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन विद्यार्थी नेता नबिन कुमार यादवले गर्नु भएको आयोजक मण्डले जानकारी दिनु भयो ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब