नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन

  • असार २०, २०७७ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले नकपुरमा प्रदर्शन गरेका छन् । नेपालको राष्ट्रिय जझण्डा बोकेर जनकपुरको जनकचोकबाट संयौको संख्यामा निस्केको जुलुस नगरका विभिन्न भागमा प्रदर्शन गर्दै पुनः जनकचौकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

हिन्दुराष्ट्र कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको प्लेकार्ड सहित राष्ट्रियसभाका पूर्व सदस्य कारी यादवको अगुवाईमा प्रदर्शन गरेको हो ।

देश नेताहरुको कारण नै बर्बाद भईरहेकोले लाखौं हिन्दुहरुको आस्थाको केन्द्र नेपालमा हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नरहेको राष्ट्रियसभाका पूर्व सदस्य यादवले बताए । यादवका अनुसार देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु अपरिहार्य रहेकोले आफूहरुले यो अभियान सञ्चालन गरेको बताए ।

नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा समाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने उनले जिकिर गरे ।

विरोध रयालीमा वीरेन्द्र कर्ण,प्रकाश राणालगायत धनुषाका बिभिन्न पालिकाबाट आएका नेताहरु समेतको सहभागिता रहेको थियो ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब