नवराजपुर गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई साम्मानसहित स्वास्थ्य जाँच

  • असार २२, २०७७ | ६९० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । कोरोना महामारीको बेला जेष्ठ नागरीक स्वास्थ्यलाई ध्यानमा राखी सिरहाको नवराजपुर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थय जांच तथा सम्मान कार्यक्रम गरिएको छ । दलित,विपन्न तथा पिछाडा वर्ग समुदायका नागरिकहरु लाई समान्य स्वास्थय जांच गरी समस्या पहिचान गर्ने,रोकथामका उपायहरुका बारेमा जनचेतना मुलक परामर्ष दिई  प्राथमिक उपचार  पनि गरेका छन। ज्येष्ठ नागरिकहरु कोरोना भाईरस रोगको उच्च जोखिमा रहेकाले सो बाट बच्न जनचेतना पनि गराएका छन ।

लक्ष्ति समुदायको ज्येष्ठ नागरिकहरु दर्ता गरी थर्मल गन मार्फत ज्वरो जांच गर्ने ,बल्ड प्रेसर नाप्ने ,स्वांस प्रश्वास दर तथा पल्स रेट लिई चिकित्सक तथा स्वास्थ्यकर्मी मार्फत प्रमुख स्वास्थय समस्याको पहिचान गरी प्राथमिक उपचार तथा औषधि वितरण गरियो । सेवा लिने सेवाग्राही संख्या ६१ जना रहेको थियो भने ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप थिन बल्याङकेट ,मास्क र साबुन प्रदान गरीएको थियो। ज्वरो आएको व्यक्ति नभेटिएको र प्रमुख स्वास्थय समस्यहरु उच्च रक्तचाप,हाड जोर्नीको समस्या,रक्त अलपता तथा कमजोर पाईएको थियो। कार्यक्रममा स्वास्थय कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादवले पहिचान गरिएको प्रमुख स्वास्थ्य समस्याहरु माथी जनजेतना मुलक स्वास्थ्य शिक्षा प्रदान गरियो ।

यादबले स्वास्थ्यकर खानापान बारेमा प्रकाश पार्दै उच्चा रक्तचाप लगायत नसर्ने रोगहरुबाट बच्नका निम्ति खान पान ,रहन सहन ,ब्यवाहर परिवर्तन नै उत्तम रहेको बताए । उच्च रक्तचापका औषधि खाई रहेको व्यतिले आफू खुशी कहिले औषधि खाने कहिले नखाने गर्नाले स्वास्थ्यमा गम्भिर असर पर्ने यहां सम्मकी किड़नीमा असर पर्ने , पक्षाघात हुन सक्ने हुनाले चिकित्सक तथा स्वास्थयकर्मीको सल्लाह अनुसार नै नियमित औषधि सेवन गर्नु पर्ने सुझाव दिनु भयो ।

ज्येष्ठ नागरिकहरु कोरोना भाईरस रोगको उच्च जोखिममा रहेकोले हो बाट बच्नका निम्ती मुख्य रुपमा ३ मिटरको भोतिक दुरी लक्षमण रेखाको रुपमा मान्नु पर्ने ,सकेसम्म घर बाहिर नजाने जाने परेमा मास्कको अनिर्वाय प्रयोग गर्ने र बारम्बार साबुन पानिले मिचिमिची २० सेकेन्ड सम्म हात धोई राख्ने जस्ता तिन व्यबहार परिवर्तन गर्नुको बिक्लप हाललाई नरहेको जानकारी गराएको थियो ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादवले गर्नु भएको थियो भने प्रमुख आतिथी जिल्ला  स्वास्थय कार्यालय सिरहाको प्रमुख कृष्णादेव यादले  गर्नु भएको थियो ।  आतिथीहरुमा गाउँपालिका उपाध्यक्ष सोभा कुमारी यादब, गा.पाका प्रमुख प्रशासकिय अधिकृत अम्रेन्द्र कुसियत,प्रहरी कार्यालय झाझपटटीको ईन्चार्ज,वाडा अध्यक्षहरु,स्वास्थय शाखा प्रमुख तथा पदाधिकारी लगायत नागरिक समाज,बुध्दिजिवी व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

2

 

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब