३३ किलो सुन काण्डका योजनाकार पक्राउ

  • असार २७, २०७७ | २३८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । ३३ किलो सुन तस्करी गरेको आरोप लागेर फरार एक अभियुक्त पक्राउ परेका छन् । शनिबार दुबईबाट काठमाडौं आएका हरिशरण खड्कालाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ । चुडामणी उप्रेती ‘गोरे’को समूहले दुवईबाट २०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरारको सुचीमा थिए ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका खड्का लामो समयदेखि दुवई रहदै आएका थिए । सरकारले बिदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने क्रममा खड्का नेपाल आएका थिए । सुन तस्करीको आरोप पछि खड्कालाई इन्टरपोलले रेडक कर्नर नोटिस जारी गरेको थियो । उनी नेपाल आउन लागेको सूचना पाएको अध्यागमन कार्यालयले बिमानबाट ओर्लिर आगमन कक्ष तर्फ आउदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।

अध्यागमनका अनुसार पासपोर्ट नम्बर १००६६५९४ बाहक खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । २०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको इश्वरराज पौडेलको अध्यक्षतामा गठित छानवीन समितिले पुष्टि गरेको थियो । सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो । अहिले सम्म पनि उक्त सुन कहां पुर्याइयो भन्ने बारेमा प्रहरीले सुइको समेत पाउन सकेको छैन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब