अन्ततः ट्रम्पले पनि लगाए मास्क

  • असार २८, २०७७ | ९३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए ।

तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’

उनले भने, ‘अस्पतालमा जहाँ तपाईंले धेरै व्यक्तिहरुसँग कुरा गर्नु हुन्छ भने त्यहाँ मास्क लगाइदिए हुन्थ्यो भने अपेक्षा गरिन्छ ।’

यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।

अहिले अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । यसो हुनुमा महामारी नियन्त्रणमा ट्रम्पको बेवास्तालाई पनि कारण मानिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३२ लाख ४५ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ३४ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

विश्वविद्यालयका अनुसार विश्वभर १ करोड २६ लाख ७९ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाटै ५ लाख ६४ हजार ३ सय ९४ जनाको मृत्यु भएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब