हलिउड अभिनेत्री केली प्रेस्टनको निधन

  • असार २९, २०७७ | ७६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । ५७ वर्षकी हलिउड अभिनेत्री केली प्रेस्टनको निधन भएको छ । केलीको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले जानकारी दिएका छन् ।

ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी प्यारी श्रीमती केली स्तन क्यान्सरसँगको दुई वर्षको युद्धमा पराजित भएकी छन् । उनले क्यान्सरसँग निकै बहादुर भएर लडिन् सबैको माया र साथले ।’ प्रेस्टनको आइतबार बिहान निधन भएको परिवारका प्रतिनिधिले पिपुल म्यागजिनलाई बताएका छन् ।

प्रेस्टन र ट्राभोल्ट विगत २९ वर्षदेखि वैवाहिक सम्बन्धमा थिए । प्रेस्टनले ट्वीन्स, फ्रम डस्क टिल डन, जेरी मागुइरी, द क्याट इन ट ह्याट सहितका चलचित्रमा काम गरेकी छन् ।

उनले श्रीमान ट्राभोल्टसँग ब्याटलफिल्ड अर्थ तथा गोट्टीमा काम गरेकी थिइन् ।

ट्राभोल्टले श्रीमती प्रेस्टनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । प्रेस्टन र ट्राभोल्टका छोरा जेट्ट ट्राभोल्टको १६ वर्षको उमेरमा सन् २००९ मा बहमासमा पारिवारिक भ्रमणका बेला निधन भएको थियो । उनीहरुका एला ब्लेउ र बेन्जामिन नाम गरेका अरु दुई सन्तान छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब