चार भारतीय न्यूज च्यानलको प्रसारणमा रोक, अन्य सुचारु

  • असार २९, २०७७ | २३७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने भएका छन् । अरु च्यानलहरु भने प्रसारण हुनेछन् ।

केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले मिडियालाई बताए ।

उनका अनुसार डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।

 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब