दक्षिण चीन सागरमा चीनको दाबी गैरकानूनीः चीनलाई कारवाही गर्ने अमेरिकी चेतावनी

  • असार ३०, २०७७ | २४१ पटक पढिएको | सीमा संदेश
alt

न्युर्योक । अमेरिकी बिदेशशमन्त्री माईक पोम्पियोले दक्षिण चीन सागर आफ्नो भएको दावी गर्ने चीनको कदम गैर कानुनी भएको बताएका छन ।
बिदेशमन्त्री पोम्पियोले बिवादित उक्त जलक्षेत्रलाई चीनले नियन्त्रण गर्न चालेको कदम गलत भएको बताउदै अमेरिकले दक्षिण चीन सागरको बिषयमा चीनलाई कडा सबक सिकाउने चेतावनी समेत दिएका छन ।
मानव निर्मित उक्त जलक्षेत्रको टापुमा चीनले आफ्नो सैन्य अखडा तैनाथ गरेको छ । उक्त दीपलाई फिलिपिन्स, ताइवान, व्रुनाई, मलेसिया र भियतनामले आफ्नो भएको दावी गर्दै आएको छ । तर चीनले भने उक्त दीप आफ्नो भएको भन्दै सैन्य अखडा खडा गरेको छ ।
उक्त दीपको बिषयलाई लिएर पटक पटक बिवाद हुदै आएको भन्दै अमेरिकाले दक्षिण चीन सागर नजिकै आफ्नो युद्धपोतहरु पठाएको छ । अहिले सो क्षेत्रमा तनाव तीव्र रुपमा बढेको छ । नाईन डेस लाईन इलाकाले चिनिएको इलाकामा चीनले आफ्नो भएको दावी गरेपछि अमेरिकी बिदेशमन्त्रीले चीनलाई कडा चेतावनी दिएको हो ।
दक्षिणी जलक्षेत्रमा चीनको साम्राज्यलाई तोड्न अमेरिका जस्तो सुकै कदम चाल्नसक्ने चेतावनी बिदेश मन्त्री पोम्पियोले दिएका छन । चीनले उक्त क्षेत्रमा देखाएको दादागिरीको अमेरिकाले जवाफ दिने पनि बताएका छन ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब