सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ

  • असार ३१, २०७७ | ५०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई आज अपरान्ह घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको जनाएको छ । डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।  

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि आयोगको कार्यालय वर्दिवास लगिएको छ ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब