श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

  • साउन २, २०७७ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । बलात्कारको आरोपमा मोरङ प्रहरीले पूर्वप्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

जवरजस्ती करणी गरेर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा विराटनगर–१२ बखरीका ५० वर्षीय नयन श्रेष्ठ र उनका भाइ नाता पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका नयन पूर्वप्रहरी सहायक निरिक्षक हुन् भने श्रेष्ठ काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार २०७६ फागुन ३ गते सेक्युरिटी कम्पनीको अफिसमा बोलाएर नयनले बलात्कार गरेको जाहेरी गरेको थियो । त्यसको अनुसन्धानक क्रममा नयन र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी राईले बताए ।

ब्लाकमेलिङको आरोप लागेकी नयनकी श्रीमती भने फरार छिन् ।

पीडित युवतीले प्रहरीलाई दिएको बयानका अनुसार विराटनगर घर भएकी युवतीलाई नयनले फागुन ३ गते श्रेष्ठको अफिसमा बोलाएका थिए । विराटनगर मुनालपथस्थित काठमाडौं सेक्यूरिटी कार्यालयमा पुगेकी उनलाई नयनले बलात्कार गरे भने श्रेष्ठले भिडियो बनाए ।

त्यही भिडियो देखाएर श्रेष्ठले ‘जे भन्यो त्यही मान्नुपर्छ’ भन्दै युवतीलाई धम्की दिएको उनले दाबी छ । उनका अनुसार १२ असारमा भने नयनकी श्रीमती रसिला श्रेष्ठले त्यही भिडियो देखाएर बार्गेनिङ गरिन् । सुरुमा घरजग्गा आफ्नो नाममा पास गरिदिन भनेकी रसिलाले पछि दश लाख रुपैयाँ दिए भिडियो डिलिट गर्ने बताएको पीडित युवतीले बयान दिएकी छन् ।

घटना भएको पाँच महिनापछि मात्र जाहेरी परेकाले सूक्ष्म अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पीडित भनिएकी युवतीलाई मोरङ प्रहरीले डेढ वर्ष अघि मात्र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको थियो । विराटनगर बाहिरबाट युवती बोलाएर जवरजस्ती बेस्यावृतीमा लगाएको जाहेरी परेपछि तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ गरेर कारबाही अघि बढाएका थिए । तर जिल्ला अदालत मोरङले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

डीएसपी राईका अनुसार ब्लाकमेलिङमा प्रयोग भएको भनिएको भिडियो अहिलेसम्म भेटिएको छैन । ‘जाहेरी दिने युवतीमाथि यसअघि पनि मुद्दा चलेको छ’ उनले भने, ‘पछिल्लो घटनामा बलात्कार हो होइन भन्ने अनुसन्धान गर्दैछौं ।’

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब