सोमबारदेखि ५ दिन देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह

  • साउन २, २०७७ | १९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग खुलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।

प्रदेश नम्बर १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताए । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ । मनसुन सुरु हुनुभन्दा पहिले देखिनै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए ।

गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बास्कोटाले जमिन चिरा परेको र रुखहरु ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे । पानीका मुहानहरु सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अप्नाउन उनले आग्रह गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको उनले बताए । सरकारी गैरसरकरी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनको भनाई छ ।

नेपालमा मनसुन सुरु भएको ३० दिन (जेठ ३० देखि असार २७ सम्म)मा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३०दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन् । विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ । देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब