सिरहामा इन्जिनियर गोइतलाई सहिद घोषणको माग गर्दै श्रद्धाञ्जली कार्याक्रम

  • साउन ४, २०७७ | ९९७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै सिरहाको इन्जिनियरहरुले सहिद घोषणको माग गरेका छन ।

आईतवार सिरहाको क्याम्पस चोकमा सिरहामा कार्यरत्त ईन्जिनियरहरुले घटनाको निष्पकक्ष छानभिन गरी दोषी माथि करवाही गर, खानेपानी मन्त्रीलाई राजिनामा गर भन्दै ६ बुदेँ माग अभिलम्ब पुरा गर जस्ता नारा पनि लगाएका छन । 

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृत्यु भएको थियो । सरकारको लापरवाहीका कारण उनको मृत्यु भएकाले आफूहरुले विभागीय मन्त्रीको पहिलो राजिनामा र सहिद घोषणको माग रहेको युवा ईन्जिनियर दिनेश कुमार यादबले बताए ।

उनले मृतकको परिवारलाई क्षतिपूर्ती र न्यायाका लागि घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग समेत गरे । मेलम्चीको निर्माण कमसल र गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृत्यु भएको र चरम भ्रष्टाचार भएको घटनाले सावित गरिरहेकोले खर्च छानभिन हुनु पर्ने पनि यादबले बताउनु भयो। 
त्यसैगरी ईन्जिनियर अशे गोईतले भने, सरकारले अभिलम्ब सहिद घोषण नगरी मागहरु पुरा नगरे हामी सिरहाका सम्पूर्ण ईन्जिनियरहरुले विभिन्न चरणको आन्दोलन गर्ने चेतावनी पनि दिनु भयो । पेशगत इन्जिनियरहरुका जिवनलाई सरकारले हाल सम्म कुनै ग्यरेण्टि गरेको छैन । त्यसैले यो घटना सबै इन्जिनियरहरुका जिवनसँग जोडिएकोले एकवद्ध हुनु पर्ने जोड दिनु भयो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २ मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो । उनको शव मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो ।  

2a

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब