सिरहामा आइसोलेसनको यस्तो दुर्दशा, फोटो सर्वजनिक गर्नेलाई धमकी

  • साउन १९, २०७७ | १,७२० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । कोरोना उपचार तथा व्यवस्थापनका लागि सिरहामा स्थापना गरिएको आइसोलेसन केन्द्र फोहोर र दुर्गन्धित भएको भन्दै गुनासो शुरु भएको छ ।

आइसोलेसनको फोटो समाजिक संजालमा राखेर व्यवस्थापकीय समस्याका कारण आइसोलेसन बस्न योग्य नभएको भन्दै चौतर्फी आलोचना भएको हो । संक्रमितहरुले ‘फेसबुक आइसोलेसनमा बस्ने र सुत्ने ठाउँदेखि खाना खाने र शौचालयसमेत दुर्गन्धित रहेको बताइरहेका छन् भने त्यसै अनुसारका फोटो समेत सार्वजकि भइरहेका छन् ।

g

फोहोर र दुर्गन्धका कारण संक्रमितहरुले कष्टपुर्ण समय गुजार्नु परिरहेको गुनासो आईसुलेशन बस्ने कोरोना संक्रमित मो. मुस्तकले बताउनु भयो । आइसोलेसनमा रहेको फोहोरका कारण संक्रमितहरुलाई हैजा लाग्न सक्ने संक्रमितहरुले नै गुनासो गरेका छन् ।‍

यसैगरी, खाने कुरामा पनि टाइमटेबल नहुने र तागतिलो खानेकुरा खानुपर्ने अवस्थामा अधिकांश एउटै किसिमको तारकारी मात्र दिने गरेको संक्रमितहरुको गुनासो छ ।

h

आइसोलेसनको आन्तरिक व्यवस्थापन गरिरहरेको सिरहा जिल्ला अस्पतालका प्रमुख डा. नागेन्द्र प्रसाद यादबले भने प्रचार गरिए जस्तो समस्या आइसोलेसनमा नरहेको दाबी गर्छन् । ‘गुनासो आएपछि म गएर त्यहाँको अवस्था हेरें । देखिएका केही समस्या समाधान पनि भएका छन्,’ उनले भने, ‘तर, ववण्डर नै मच्चाउने गरी समस्या छैन ।’

घरमा बसेजस्तो सुविधा खोज्ने केही व्यक्तिले समान्य समस्यालाई ठुलो समस्याका रुपमा प्रस्तुत गरिरहेको उनको भनाइ छ । बाहिर आएको समस्याहरु बारे इच्छुक व्यक्तिहरुल अनुगमन गरे हुन्छ । आईसुलेशनमा एउटै किसिमको व्यक्ति आउँदैन् । एक जान कोरोना संक्रमित पलग नै आएको आरोप लगाउँदै भने, धेरै पंखा, टेबुलहरु तोडभाड गरेको छ । हामीलाई व्यवस्थापन गर्न निकै नै समस्या भईरहेको छ ।

i

यता समाजिक संजालमा फोटो हालेको भन्दै डा. नागेन्द्र प्रसाद यादबले धमकी पनि दिईएको कोरोना संक्रमित मो. मोक्ताकले सीमा संदेशलाई जनाकारी दिईएको छ । मुस्लिम समुदायिक सबै व्यक्ति उस्तै विभिन्न बखेरा गरी मलाई समस्या दिईरहेको भन्दै आईसुलेशनमा बसी बढी राजनीति नगर धमकी शैलीमा आफुलाई तर्साउन खोजेको मोक्ताकले भने । समाजिक संजालम फोटा सेयर भएपछि केही ठाउँहरु सफाई गरेपनि सबै ठाउँमा सफाई भएको छैन ।आईसुलेशन व्यवस्थापन बारे जिल्ला अधिकारी , मेयर र प्रदेश नं. २ सरकारलाई पनि जानकारी गराएको छु ।

c

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब