सिरहा । सिरहा नगरपालिकाले सर्वजनिक गरेको खर्च विवरणमा टाईपिंग त्रुटिलाई सुधार गरी हिसाब मिलान सहितको ५ कारोड ९१ लाख १८ हजार २ सय ९७ रुपैयाँको खर्च एक प्रेस विज्ञप्ती तयार गरी प्रसे समेलन मार्फत सर्वजनिक गरेको छ ।
नेपाल भारतको सीमा नाकासँग जोडिएको नगरपालिकामा भारतबाट खरटोका नाका हुदै नेपाल भित्रिनेका संख्या उच्च रहको कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि चार ठाउँमा क्वारेन्टाइन संञ्चालन गरहेको र आम नगरिकलाई बुझिने मनशाईले क्रियाकलापसहितको खर्च विवरण सर्वजनिक गरेकोमा टाईपिंग त्रुटि भएको कारण मिडियामा आएको सामाचारले ध्यान आकर्षण गराएको यस्ता त्रुटि प्रति आम जनतासँग क्षमा मागदै हिसाब सुधारको विवरण प्रशासकिय प्रमुख बलिराम यादबले प्रस्तुत गर्नु भयो ।कोभिड खर्च विवरणमा कुनै पनि किसिमको सोसल मिडियाहरुमा सर्वजनिक भईरहेको अनियमित क्रियाकलाप नभएको र नगरपालिकाको कर्मचारीहरुबाट भएको खल्ती प्रति आत्म आलोचना गर्दै पुनः यस्ता त्रुटि हुन नदिने प्रतिवद्धता पनि यादबले गर्नु भयो ।
पत्रकारहरुले सोधेको प्रश्नहरुको जवफ दिदै यादबले भने रेनकोट ११५ र रेनबुट ३३७ हुनका कारण भारतबाट आएका धेरै नेपालीहरुले दशगजा क्षेत्रमा बसोबास गरिरहदाँ पानी पर्ने समयमा रेनकोट नगरपालिका कर्मचारीले र केही अन्यले प्रयोग मात्र गरीयो । तर रेनबुट नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल सेनाका साथिहरुलाई पनि प्रयोग गरेकोले फरक देखिएका छन । त्यसैगरी तकिया ५११ र तकिया खोल १११ बिच देखिएका फरक भनेको सुरुमा तकिया र खोल खरिद गरियौँ । तर क्वारेन्टाइनमा बस्ने साथिले खोल लुकाई दिने, च्यातेर फाली दिने क्रियाकलाप बढेपछि पछि खोलसहितको फिक्स तकिया खरिद गरेकोले फरक देखिएका छन । जोखिम भतामा बढी देखिएको खर्च भनेको पहिलो विवरणमा स्वास्थ्य कर्मचारी जोखिम भता मात्र देखाएको थियो । जसमा व्यवस्थापनका लागि खटिएको कर्मचारीहरुका तलब भात केही जोडिएका थिएन । यस विवरणमा सम्पूर्ण खर्च जोडिएको कारण बढी देखिएको प्रमुख यादबले सबैको प्रश्नका सरल स्पष्ट जवाफ दिनु भयो ।
कार्याक्रमको अन्तमा नगरपालिकाबाट भएको त्रुटि प्रति क्षमा मागदै नगरपालिका मेयार असेश्वर प्रासद यादबले भने, हामीले कोभिडमा खेलेका भुमिकालाई पनि उत्साहित बनाईनुस् । गल्ती कार्य गर्नेबाट हुन्छ । त्यसैले यसलाई अनियमित प्रचार भन्दा सुझावको रुपमा दिनुस् । हामी सच्यिाएर आगडी बढछौँ। भता धेरै देखिएका प्रति गम्भिर हुदैँ चालु आर्थिक वर्षमा कोभिड रोकथाम तथा नियन्त्रणमा जनप्रतिनिधिहरुले भता नलिने पनि प्रेस समेलन माफर्त प्रतिवद्धता मेयर यादबले गर्नु भयो ।


Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved