सिरहा नपाद्धारा कमला नदीको वसबिटा घाटमा लाईफ ज्याकेट सहयोग

  • साउन ३०, २०७७ | ७७३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा धनुषा सीमानाको रुपमा बग्ने नेपालको दोस्रो स्तरको कमला नदी आरपार गर्न मानिसहरुलाई ठुलो जोखिम भईरहेका छन । वर्तमान प्रधानमन्त्री के.पि. शर्मा ओली सहिद हेमनारायण यादबको स्मृती सभा सांबोधन गर्दा २०७७ जेष्ठ २ गते पुल उद्घाटन हुन जनतासँग प्रतिवद्धता गरेको थियो । तर उक्त पुल आज सम्म जस्ताको तेस्तै अवस्थामा रहेको छ ।

दैनिका रुपमा सिरहा धनुषा आवत जावत गर्नेहरुलाई नदी पान गर्न जोखिम पूर्ण  डुङ्गमा यात्र गर्नु पर्ने बाध्याता रहेको छ । हाल सिरहा नगरपालिका वडा नं. ६ बसबिटा घाटमा दुई वटा  डुङ्ग सञ्चालनमा रहेको छ । पुल निर्माणको अवस्थाका कारण यस घाटमा पानीको बहाव तथा गईरो खाल्डो बनेको कारण जोखिम बढेको छ । 

डुङ्गमा यात्र गर्ने यात्रीलाई सुरक्षित बनाउन सिरहा नगरपालिकाले निशुल्क रुपमा  डुङ्ग संचालकलाई जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख तथा नेपाली सेना प्रमुखको उपस्थितिमा ४० थान सेफटी लाईफ ज्याकेट उपलब्ध गराएको छ । उपलब्ध गराएका ज्याकेट प्रयोग वापत कुनै पनि शुल्क नलिन सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले निर्देशन पनि दिनु भयो । यदि ज्याकेट नलगाए अथवा शुल्क लिइएको थाहा पाएमा करवाही हुने पनि बताउनु भयो ।

विपद् व्यवस्थापन समितिको संयोजक रुपमा रहेको जिल्ला अधिकारी प्रदिपराज कडेलले कमला नदीको जोखिम पूर्ण यात्रालाई सहज र सुरक्षित बनाउन लाईफ ज्याकेट धेरै नै सहयोगी हुने बताउनु भयो । हाम्रो विपद् व्यावस्थापनको योजनामा यसलाई प्राथमिकता साथ राखेपनि प्रदेश सरकारले सहयोग गर्ने भनेपनि सहयोग नआउँदा सिरहा नगरपालिकाले सहयोग गरेपछि खुशी लागेको र नगरपालिकालाई धन्वाद पनि दिनु भयो ।

नगरपालिकाले सहयोग गरेको लाईफ ज्याकेट तथा कमला नदीमा ढुगा सञ्चालन गर्नका लागि पालन गर्नु पर्ने निर्देशकलाई ध्यानमा राखि कार्य गर्न हुन सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले अनुरोध गर्नु भयो । कोरोना माहामारीको बेला लाईफ ज्याकेट प्रयोग तथा  डुङ्ग सञ्चालनमा थप सुरक्षित साथ कार्य गर्नु हुन निर्देशन दिनु भयो । 

लाईफ ज्याकेट प्रयोग सम्बन्धित क्रियाकलप पनि सशस्त्र प्रहरी जवानले प्रयोग गरी प्रत्यक्ष रुपमा देखाउनु भयो ।

ll

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब