पत्रकार यादबलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही मागदै युबाहरुले गरे नारा जुलुस

  • साउन ३१, २०७७ | ३६८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । धनुषाका थाहाखबरकर्मी सन्तोष यादव र पत्रकार सिवेन्द्र रोहितामाथि प्रहरीले गरेको कुटपिटविरुद्ध जनकपुरको भानु चोकमा युवाहरुले शनिवार प्रदर्शन गरेका छन्।

पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए। युवाले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।प्रदर्शनमा युवाहरु राकेश विक्रम साह, संजीव यादव, शैलेन्द्र चोरबार, इन्जिनियर दीपक यादव, गौतम यादव, पत्रकार सुरेन्द्र यादव, निशान्त यादव, रुपेश यादव, पत्रकार किशोर मण्डल लगायत उपस्थित थिए।यसअघि नेपाल पत्रकार महासंघ सिरहा शाखाले समेत विज्ञप्ति जारी गरेर दोषी प्रहरीमाथि कडा कारबाही माग गरिसकेको छ।

‘कोरोना रोकथामसँगै लकडाउनलाई प्रभावकारी बनाउने तथा सूचना सम्प्रेषण गर्ने पत्रकारको कार्य पनि उत्तिकै महत्व हो’, सभापति दिनेश्वर गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथि हमला गर्ने कार्य निन्दनीय छ।’शुक्रबार राति जनकपुरस्थित नवजीवन अस्पतालमा मृत्यु भएका एक महिलाको शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृतकका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको थियो।

सो क्रममा थाहाखबरकर्मी यादव र पत्रकार रोहिताले फोटो खिच्न लाग्दा प्रहरीले घेरा हालेर निर्ममतापूर्वक कुटपिट गरेको थियो।सो अस्पतालमा बिहीबार राति एक महिलाको मृत्यु भएपछि उनको परिवारले घटनाको छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति माग गरेका थिए। उक्त अस्पताल पूर्वमन्त्री रघुवीर महासेठका भतिजा डा. महेश महासेठको भएकाले प्रशासनले नै संरक्षण गरेको आरोप युवाले लगाएका छन्।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब