करिना फेरि आमा बन्दै, सेफ चौथोपटक बाबु

  • भदौ १, २०७७ | ९२४ पटक पढिएको | सीमा संदेश
alt

बलिउड अभिनेत्री करिना कपुर ३९ वर्षको उमेरमा दोस्रोपटक आमा बन्ने भएकी छन्। करिना आमा बन्न लागेको गसिप केही समययता चलिरहे पनि करिनाका अभिनेता पति सेफ अली खानले सामाजिक सञ्जालमार्फत करिना आमा बन्न लागेको आधिकारिकरूपमा जानकारी गराएका हुन्।

करिनाले पहिलो सन्तानका रूपमा सन् २०१६ मा छोरा तैमुर अलि खानलाई जन्म दिएकी थिइन्। हाल तैमुर ३ वर्षका भए। करिना आमा बन्न लागेको खबर बाहिरिएसँगै उनलाई आफन्त तथा फ्यानको बधाईको ओइरो लागिरहेको छ।

सेफ चौथोपटक बाबु बन्न लागेका हुन्। करिना सेफको दोस्री पत्नी हुन्। सेफको पहिलो पत्नी अभिनेत्री अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन्। सेफकी २४ वर्षीया छोरी अभिनेत्री सारा अली खानले बलिउडमा कदम राखिसकेकी छिन्।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब