सिरहा । सिरहामा पाँच जना कोरोना जितेर घर फर्किएका छन् । दुई स्थानमा सञ्चालन रहेको आईसुलेशनमा कुल ६० जना कोरोना भाइरस संक्रमित रहेका थिए । जस मध्ये चन्द्र माध्यमिक विद्यालयको आईसोलेसनमा उपचाररत पाँच जना कोरोना जितेर घर फर्किएका हुन् ।
सिरहा नगरपालिका १४ का १९ वर्षिय पुरुष, कल्याणपुर नगरपालिका ३ का २२ वर्षिया महिला र २४ वर्षिय पुरुष, कर्जन्हा नगरपालिका ८ का ३४ वर्षिय पुरुष र मिर्चैया नगरपालिका ६ का २९ वर्षिय पुरुष कोरोना जितेर घर फर्किएको चन्द्र माध्यमिक विद्यालय आईसोलेसन वार्डका इन्चार्ज डा. सरबिन्दर मण्डलले बताए ।
चन्द्र माध्यमिक विद्यालय आईसोलेसनमा २३ जना र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा ३२ जना गरी ५५ जना कोरोना संक्रमित भएर उपचाररत रहेको डा. मण्डलले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved