सिरहा । कोरोना महामारी फैलिरहेको बेला सरसफाईलाई प्रमुख प्राथिकतामा राखी कोरोना नियन्त्रण तथा रोकथामका लागि अगाडी बढन डबुल एच ओले सचेत गराई रहेको छ । विश्वका विभिन्न देशहरुमा तथा नेपालकै केही ठाउँहरुमा खानेपानीको नलमा कोरोना भाइरस देखिएको समाचार पनि विभिन्न सञ्चार माध्यमहरुबाट पढन पाईयो ।
सिरहाको खानेपानी आयोजनाको ट्रयांकर पाईपलाईनमा जमेको पानीमा स्थानिय बालबालिकाहरुले माछा मारिरहेको देखियो । भित्र रहेको कर्मचारीहरु अतो पतो देखिएन । बालबालिकाहरु जमेको पानी भित्र विभिन्न किसिमका स- सान माछाहरु भेटाएका थिए । खानेपानी जस्ता संवेदनशिल विषयमा खानेपानी कर्मचारीको लपरवाहीले ठुलो समस्या ल्याउन सकिन्छ ।
महामारीको बेला पनि सिरहा खानेपानी आयोजनाले पूर्ण रुपमै बेवस्ता गरी नागरिकको घर- घरमा पानी पठाईरहेको छ । हुन त सिरहा सदरमुकाममा वितरण गरिएको पानीका नलहरु जथाभावी नै टुटफुट भई नलबाट फोहर माटोको लेदो भएको पानी आईरहेको छ ।
महामारीको बेला दलित गरिब घर परिवार तथा विभिन्न होटेलहरुमा प्रयाग भईरहेको पानीले ठुलो महामारी ल्याउन सकेने सम्भावना देखिन्छ । सिरहा जिल्ला भरी कोरोना जोखिम उच्च गतिमा फैलिरहेको छ । खानेपानीलाई सुरक्षित बनाउन सरोकारवालहरुको ध्यान नगए सदरमुकामा पानीबाट पनि ठुलो खतरा हुने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved