सिरहामा एकै दिनमा २६ जना कोरोना मुक्त भई घर फर्किए

  • भदौ ११, २०७७ | ७२३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहामा । सिरहामा एकै दिनमा एक चिकित्सकसहित २६ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन् । 

सिरहाका चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनका इन्चाज डा. सरविन्दर मण्डलका अनुसार ६ जना महिला र २० जना पुरुष कोरोना भाईरसबाट मुक्त भई घर फर्किएको छ । डिस्चार्ज हुनेमा अधिकांश कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना संक्रमित भएकाहरु रहेको डा. मण्डलले बताए । 

कोरोना मुक्त भएकाहरु सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका क्षेत्रका रहेका छन । .सिरहा जिल्लामा कोराना संक्रमण समुदायस्तरमा फैलिएसँगै सरकारी कार्यालय, प्रहरी इकाइ, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु संक्रमित भएका छन् । 

बिहीवार मात्र सिरहामा थप २ जना कोरोना संक्रमित फेला परेको छ । सुखिपुर नगरपालिकका २६ बर्षि १ जना पुरुष र गोलबजार प्रहरी कार्यालयको ४९ बर्षि पुरुषमा कोरोना भाइरस भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जनाकारी दिनु भयो ।

सिरहामा हाल सम्म ७ हजार १ सय ७ जनाका स्वब संकलन गरिएका छन । जस मध्ये ३ सय ८६ जनाको पोजेटिभ रिर्पोट रहका छन । आईसुलेशनमा १ सय १६ जना रहेका छन भने कोरोनाबाट मुक्त भई २ सय ६६ जना घर फर्केका छन । कोरोनाबाट सिरहा ४ जनाका मृत्यु भएको छ 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब