सिरहा । सुकुम्वासी समस्या समाधान आयोग द्धारा २०५८ मा पूर्व पश्चिम राजमर्गको २ बिघा ७ कठ्ठा १५ धुर जग्गा एकै व्यक्तिलाई दर्ता गराई हरफेका जग्गा पुन : नामसारी गरि दिएकोमा बदर गरि वनक्षेत्र नै कायम गरिएको छ ।
सिरहा जिल्लाको साविक चन्द्रउदयपुर गा.वि.स. वडा नं. ८ क हाल गोलबजार नगरपालिका वडा नं. ९ पूर्व पश्चिम राजमार्गको दक्षिण किनारामा रहेको साविकमा वन बुटेन रहेको कित्ता नं. १२२ को सरकारी नाप नक्सा तथा दर्ता भएको वन क्षेत्रको जग्गा क्षेत्रफल २ बिघा ९ कठ्ठा ३ धुर मध्ये उत्तर तर्फबाट १ कठ्ठा ८ धुर क्षेत्रफल महेन्द्र राजमार्गमा परि बाँकी जग्गा कित्ताकाट भई कित्ता नं. ४२० को २ बिघा ७ कठ्ठा १५ धुर कायम वनक्षेत्र कायम गरिएको प्रेस सम्मलेन मार्फ डिभिजन वन कार्यालय लहान, सिरहाले जानकारी दिएको छ ।
त्यस्तै सो कित्ता नं. ४२० को क्षेत्रफल २ बिघा ७ कठ्ठा १५ धुर जग्गा तत्कालीन सुकुम्वासी समस्या सामाधान आयोगले मिति २०५८ असार १९ गते मा निर्णय गरि एउटै व्यक्तिको फौज बहादुर भट्ट क्षेत्रीको नाउँमा दर्ता गराई दिई सो व्यक्तिले रु. १५ लाख थैली राखि मिति २०७४ असोज २० गते का दिन मालपोत कार्यालय सिरहाको रजिष्ट्ेसन नं. २६६० बाट २ जना अनिता देवी साह र बिना कुमारी चौधरीको नाउँमा संयुक्त नामसारी बिक्री दर्ता गरि दिएको थियो ।
सिरहा जिल्ला अदालतमा दायर गरीएको मुदाको निर्णय नं. १७ को अधिनमा रहि डिभिजन वन कार्यालय सिरहाको मिति २०७७ भदौ ११ गते को निर्णयले सो कित्ता नंं ४२० को क्षेत्रफल कायम हुने निर्णय भई सरकारी जग्गा संरक्षण गर्न सफल भएको छ ।
नक्कली कागजात तयार गरि मालपोत कार्यालय सिरहाबाट व्यक्तिको नाउँमा जग्गा दर्त गराईएको मि.न. ६ / ०७७/०७८ कि.न. २४९ ज. बि. १३ कठ्ठा १० धुर जग्गा अयोध्यानगर वडा न. ७, को विनोद कुमार यादब, गा.बि.स. थल्हाकटहा वडा न. २ को राम खेलावन यादब र सितापुर प्र.रा. वडा नं. ६ को बिरेन्द्र कुमार यादब सहित तिन जानाका नाममा संयुक्त दर्ता भएको जग्गा पनि मिति २०७७ श्रावन २७ को निर्णयबाट बदर भई सरकारी कायम गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved